त्यु हुनेमा महाराजगन्ज नगरपालिका–११ बडेगाउँकी ३५ वर्षीय विष्णु धरीकार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।
कृषि ज्ञान केन्द्र धनकुटाले दिएको जानकारी अनुसार गत कात्तिक १२ गतेदेखि १६ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लाभरिका धान र कोदो बालीमा ठूलो मात्रामा क्षति भएको जनाएको हो ।
धीरेन्द्रप्रसाद साह राजविराज, कात्तिक १८ गते । सप्तरी प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित दुई जनालाई पक्राउ गरेको छ। नगरपालिका–२, भेडिया नजिक गाईघाट–कदमाहा सडकखण्डमा प्रहरीले आइतबार राति चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले सप्तरीको दक्षिण कदमाहाबाट उत्तर गाईघाटतर्फ जाँदै गरेको ब.प्र. ०१–०२८ च ५००८ नम्बरको सेतो टोयोटा हाईलेक्स गाडी रोकेर जाँच गर्दा गाडीभित्र दुई जना सवार भेटिएका थिए। पक्राउ पर्नेमा झापा दमक नगरपालिका–५ का २७ वर्षीय किरण सिटौला र सोही गाडीमा सवार १८ वर्षीय धिरज प्रसाई छन्। उनीहरूको साथबाट २३ लाख नगद सहित विभिन्न सामग्रीहरू बरामद भएको प्रहरीले जनाएको छ। बरामद रकममा एक हजार दरका एक हजार ३९९ थान र पाँच सय दरका एक हजार ८०२ थान नोट छन्। त्यसका अतिरिक्त गाडीभित्रबाट टेकोन पम्प एक सय थान, टीएनइएच ब्याट्री ३४ थान, लिथियन ब्याट्री एक थान, ई–रिक्सा मोटर तीन थान, स्कुटर ब्याट्री चार्जर सात थान, ब्याट्री टेस्टर एक थान र सानो हर्न स्पिकर एक थान फेला परेको प्रहरीले जनाएको छ। स्रोत नखुलेको उक्त रकम र सामग्रीसहित पक्राउ परेका दुवै जनामाथि बैक तथा वित्तीय संस्था सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो। सप्तरी जिल्ला अदालतबाट उनीहरूलाई थप अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
धर्मशालाका १३ कोठा भाडामा लिएर कार्यालयबाट प्रवाह गरिने सेवा सुरु गरेको कार्यालयका प्रमुख कर अधिकृत श्रीधर टण्डनले जानकारी दिनुभयो । गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड तथा आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएपछि धर्मशालाका कोठा भाडामा लिएर सेवा प्रवाह गरेको हो ।
नेपालका पवित्र चारधाम वराह क्षेत्र, पाशुपत क्षेत्र, मुक्ति क्षेत्र र वैद्यनाथ क्षेत्रमध्ये एक महत्वपूर्ण धाम हो वैद्यनाथ क्षेत्र । धार्मिक तथा पौराणिक कथन अनुसार वृद्धगङ्गालगायत पञ्चनदीद्वारा सिञ्चित वैद्यनाथ क्षेत्र सशवले देवराजधानी बनाई जीवन र जगत्को कल्याणका लागि देव नायकका रूपमा बास गरेकाले अविस्मरणीय छ ।
प्रमुख चाड तिहार र छठपर्वपछि सर्लाहीका प्रत्येक सरकारी कार्यालयमा सेवाग्राहीको चाप बढ्न थालेको छ । चाडपर्वको बिदामा रोकिएको काम लिएर सेवाग्राही धमाधम का
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुबाट हुनसक्ने आक्रमणबाट त्रसित हुँदै आएका छन् ।
असोज १२ गतेदेखि दर्ता तथा अद्यावधिक सुरु भएको दाङमा कात्तिकको १७ गते सोमवारसम्म एक हजार तीन सय चार जना नागरिकले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् ।
सडक बालबालिका भेटिए वा अभिभावकविहीन बालबालिकालाई आश्रय दिनु परेमा सबैले ‘अमोर सेवा नेपाल’ लाई सम्झिने गर्छन् । स्याङ्जाको फेदीखोला गाउँपालिका–१, कटुन्जेमा रहेको ‘अमोर सेवा नेपाल’ पछिल्ला दिनमा अभिभावकविहीन र सडक बालबालिकाको आश्रयस्थल बन्दै गएको छ । स्याङ्जा जिल्लालाई सडक बालबालिकामुक्त बनाउने अभियानको नेतृत्व गरेको सो संस्थाले बालबालिकालाई आश्रयसँगै शिक्षासमेत दिँदै आएको छ ।
शारीरिक तथा मानसिक स्वास्थ्योपचारका लागि सदरमुकाम बेनीदेखि नजिकको गन्तव्य बनेको तातोपानी कुण्डमा पछिल्लो डेढ वर्षदेखि धार्मिक आस्थाको समेत केन्द्र बनेको छ ।
यसपालि मधेसको प्राचीन मिथिला क्षेत्रमा मिथिलानी (मिथिलाका नारी)ले मन फुकाएर सामाचकेवा खेल्न पाएका छैनन् । कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म ११ दिन मनाइने यो पर्वको मध्यतिर लगातार पाँच दिन पानी परिरहेकाले मिथिलानीले पर्वमा रमाइलो गर्न नपाएका हुन् ।
प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।
बागमती प्रदेश सभा गत साउनदेखि निष्क्रिय अवस्थामा छ । यसअघि प्रदेश सभाको अन्तिम बैठक साउन २७ गते मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने प्रयोज
छ वर्षदेखि अलपत्र रहेको हुलाकी सडकको ठेक्का सम्झौता रद्द गर्ने तयारी भएको छ । हुलाकी सडक आयोजना नेपालगन्जले ठेकेदारको लापर्बाहीका कारण सडक निर्माणमा अपेक्षित प्रगति हुन नसकेपछि ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ ।
जिल्लाको दुग्ध उत्पादन, प्रशोधन र बजारीकरणका विषयमा जानकारी लिन बङ्गलादेशका दुग्ध उत्पादक किसानहरू यहाँ आएका छन् ।