दुर्गम हिमाली जिल्ला हुम्लामा पहिलो पटक गर्भवती महिलाको सफल शल्यक्रिया भएको छ । कठिन भौगोलिक अवस्था, सीमित स्रोतसाधन र न्यून स्वास्थ्यकर्मीबिच पनि जिल्ला अस्पताल हुम्लाले ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।
गत असोज १८ को बाढीपहिरोपछि इलाममा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार रुपियाँ बराबरको क्षति भएको छ । जिल्लामा सञ्चालित विद्युत् आयोजना, सिँचाइ आयोजना
जाजरकोटमा दुई वर्षअघि कात्तिक १७ गते आएको भूकम्पले १५४ जनाको ज्यान गएको थियो । यो अवधिमा घरबारविहीन भएका पीडित हालसम्म जस्ताको टहरोमै बस्न बाध्य भएका छन् । जा
रौतहट, कात्तिक १८ गते । गत असोजको अविरल वर्षापछि रौतहटको बकैया नदी र बागमती नदीले बाँध कटान गरेर पसेको बाढीले धानबालीमा क्षतिको आँकलन सार्वजनिक भएको छ ।कृषि ज्ञान केन्द्रका अनुसार गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षाको बाढीले जिल्लामा १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । जिल्लामा बाढीले १७ हजार ६३८ हेक्टर खेतको धानबाली, एक हजार ८०४ हेक्टर क्षेत्रफलको उखुबाली, छ सय ८५ हेक्टरको तरकारी, चार सय सात हेक्टरको फलफूलबाली र पाँच सय हेक्टर अन्य बालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिनुभयो ।जिल्लाका १८ वटै पालिकासँग समन्वय गरेर क्षतिको विवरण सङ्कलन गरिएको उहाँले बताउनुभयो। बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधव नारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकालगायतमा क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो । क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयलाई बुझाइसकेको र राहतका लागि कुरा भइरहेको उहाँले जानकारी दिनुभयो।जिल्लाको करिब ५१ हजार हेक्टर धानखेतीयोग्य जमिनमध्ये ३८ हजार ५०० हेक्टरमा धानबाली लगाइएकामा बाढीले एक हजार ६३८ हेक्टर खेतको धानबालीमा क्षति पुर्याएको उहाँको भनाइ छ ।जिल्लामा ७४ हजार मेट्रिक टन धान उत्पादन घट्ने अनुमान गरिएकोे छ।यसैबीच दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले किसानले पाउनुपर्ने राहत रकम चाँडोभन्दा चाँडो उपलब्ध गराउन माग गर्नुभएको छ । बाढीले रौतहटका करिब साढे चार सय घरपरिवार विस्थापित भएका थिए ।त्यसैगरी, पछिल्लोपटक आएको वर्षाले धानबालीमा क्षति पुर्याएको छ।भित्र्याउने बेलाको धान वर्षाले भिजाएपछि किसान चिन्तित बनेका हुन् । वर्षाले किसानले धान भित्र्याउन नपाएको बृन्दावन– १ का किसान शिवमङ्गल पटेलले गुनासो गर्नुभयो । खेतमा काटेर राखेको धान सबै वर्षाले डुबाएको छ ।रासस
जेनजी समूहको आन्दोलनका क्रममा भएको आगजनीबाट भरतपुर महानगरपालिकाका अभिलेख नष्ट भएपछि पुनः अभिलेख खडा गर्ने तयारी थालिएको छ । आगजनीबाट
डडेलधुरा सदरमुकाम बागबजारको पश्चिमतर्फ १४ किलोमिटरको मात्रै दुरीमा अवस्थित भागेश्वर गाउँपालिकाको अस्थायी मुकाम–४, बगरकोटमा स्वास्थ्य चौकीको आधुनिक भवन निर्माण गरिएको छ । सात करोड रुपियाँभन्दा बढीको लागतमा निर्माण गरिएको भवन सञ्चालन भए सेवा प्रवाहमा निकै सहज हुने भागेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मी र सेवाग्राहीको अपेक्षा छ । यसअघि यहाँ निर्माण गरिएको स्वास्थ्य चौकीको भवन चुहिने भइसकेको थियो ।
दार्चुलामा पछिल्लो समय निगालोबाट बनेका सामग्री लोप हुँदै गएका छन् । निगालोबाट बन्ने डोको, डालो, नाङ्लो, मट्टो, सुपालगायतका सामग्री निकै प्रचलनमा रहे पनि लोप हुँदै गएका छन् ।
दैलेखमा एभरेष्ट क्लब अन्तर्गत पावर परियोजनाले अपाङ्गता भएकालाई ह्विलचियर वितरण गरेको छ । अपाङ्गता भएका विद्यार्थीलाई शिक्षामा सहज पहुँच स्थापित गर्नका लागि घरमै पुगेर ह्विलचियर वितरण गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।
देवघाटधाम क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आज देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना हुँदैछ ।
आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका साथ आइतबार पोखराबाट निस्केको ‘जाउँ है बेगनास पोखरा’को टोलीले सोमबार बर्दियाको ठाकुरबाबा नगरपालिकाका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारीका विषयमा छलफल गरेको छ ।
बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनमा आएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । छोटो दूरीको यात्राका लागि सवारीसाधन नपाइने समस्याबाट हैरान भएका नरैनापुरवासीलाई अटोरिक्सा सञ्चालनमा आएपछि गन्तव्यसम्म पुग्न सजिलो भएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा