नेपालको राजनीतिक क्षितिजमा सन् २०२५ सेप्टेम्बरको जेनजी आन्दोलन एउटा गहिरो प्रश्नको रूपमा उभिएको छ । के यस आक्रोशले लोकतन्त्रलाई नयाँ जीवन दिने छ वा यसले संवैधानिक सङ्कटलाई अझ गहिरो बनाउने छ ? यो विद्रोह आकस्मिक थिएन ।
सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो ।
करिब तीन वर्ष अघि कञ्चनरुप नगरपालिका वडा नम्बर ७ धरमपुरकी संजिता साह र रुपनी गाउँपालिका ३ मकरी टोलका इन्जिनियर सन्देश साहको फेसबुकमा भेट भयो ।
कुनै ऐनको कुनै प्रावधान अध्यादेशबाट खारेज भएपछि निश्चित अवधिमा अध्यादेशलाई संसद्ले स्वीकार नगरेमा पहिलेको ऐनको प्रावधान के हुन्छ ? त्यस्तो प्रावधान पुनर्जीवित हुन्छ वा हुँदैन भन्ने सम्बन्धमा केही दिनअघिसम्म न्यायिक जगत्मा अन्योल नै रहेको थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिसम्बन्धी ऐन अब हिउँदे अधिवेशनमै टुङ्गोमा पुग्ने गरी तयारी भइरहेको बताउनुभएको छ ।
गुल्मीको मुसिकोट नगरपालिका–२ का ४९ वर्षीय मिनबहादुर विकको जिपको छतमा राखेको जस्ता खसेर चोट लाग्दा मृत्यु भएको छ ।
बागलुङको इमेज सहकारीका पीडितहरु पुनः आन्दोलित भएका छन् । ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका देवुकमार नेपाली संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लि. मा रकम जम्मा गरी फिर्ता नपाएका पीडितहरु आन्दोलित भएका हुन् ।
विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ ।
विष्णु पन्थी ‘विनु’ द्वारा लिखित ‘भेटी’ लघुकथासङ्ग्रह लोकार्पण भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित उक्त लघुकथासङ्ग्रह लघुुकथा मञ्चका संरक्षक डा. विदुुर चालिसे, संस्थापक अध्यक्ष घनश्याम ढल्लाकोटी र लेखक स्वयम्ले उक्त सङ्ग्रहको लोकार्पण गर्नुभएको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सम्पदाको सहर ललितपुर महानगरको नगर प्रहरीले सम्पदा संरक्षणदेखि विपत्मा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
लहानस्थित मालपोत कार्यालयको मुख्य प्रवेशद्वारमा गाउँ ब्लक संघर्ष समिति लहानले गाउँ ब्लक जग्गा सहमति कार्यान्वयनको माग गर्दै धर्नामा बसेको छ ।
देवीदेवतामा समर्पित नृत्यचर्यानृत्यको आयोजना गरिएको छ । वज्र कलाकुञ्जद्वारा शनिबार राजधानीमा आयोजित ‘महानगर चर्या डान्स गाला–२०८२’ मा काठमाडौँ, ललितपुर, भक्तपुर र धरानको चर्यानृत्य टोलीले सहभागिता जनाएका हुन् ।
जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार एक कैदीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।
पश्चिम बागलुङका पौंदेलीहरुले आइतबार न्वागी पर्व मनाउँदै छन् । पौंदीबासीले विसं. १७३४ सालदेखि न्वागी पर्व मनाउँदै आएका छन् । न्वागी पर्वमा बडिगाड–५ को खार बजारमा दस दिने मेला समेत आयोजना गरिएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मुलुकभर करिब ७६ अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको छ ।