बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि सोमबार राजधानी ढाका तथा देशका विभिन्न स्थानहरूमा कडा सुरक्षा व्यवस्था लागू गरेका छन् ।
लुम्बिनी प्रदेशमा डेढ महिनाको अवधिमा ४५ हजारभन्दा बढी मतदाता थपिएका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लामा असोजको १२ गतेदेखि हालसम्म ४५ हजार चार सय ८८ जना नयाँ मतदाता थपिएका छन् ।
कर्णाली प्रदेशका ग्रामीण सडकहरू क्रमस कालोपत्रे हुन सुरु भएका छन् । कर्णाली प्रदेश सरकार र त्यसअन्तर्गतको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम मार्फत कर्णाली प्रदेशका ७९ वटै पालिका केन्द्रमा जोड्ने ग्रामीण सडकहरू कालोपत्रे गर्ने लक्ष्य अनुसार सडकहरू कालोपत्रे गर्न थालिएको हो ।
म्याग्दीको विकट धवलागिरि गाउँपालिका मुना जोड्ने दरबाङ–मुना सडक स्तरोन्नति आयोजना सञ्चालन गरिएको छ । सडक स्तरोन्नति आयोजना सञ्चालन भएसँगै स्थानीयहरु खुसी भएका छन् ।
नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार राति भएको खेलमा नर्वेले इटालीलाई ४–१ गोलले हराउँदै विश्वकपमा स्थान बनाएको हो ।
बाँकेको राप्ती सोनारी २ अगैयामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परेर बर्दियाका एक जनाको मृत्यु भएको छ ।
गत कात्तिक २३ गतेदेखि पूर्वी नेपालको झापाबाट सुरु भएको साइकल यात्रा बाँके पुगेको छ ।
प्रहरीले सर्लाहीको लालबन्दीबाट सोमबार बिहान ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा बाँकेका सुरक्षा अधिकारीहरुले जिल्लाका निर्वाचन केन्द्रहरुको स्थलगत रुपमा अनुगमन निरीक्षण गर्ने कार्य सुरु गर्नुभएको छ ।
जिल्ला भलिबल सङ्घ धादिङको आयोजनामा पुस ९ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बागमती प्रदेशका जिल्ला र उत्कृष्ट टिमको सहभागिता रहने छ ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहले भारतको बिहार प्रदेशमा सम्पन्न विधानसभा चुनाव २०२५ को नतिजाले प्रत्यक्ष–अप्रत्यक्ष असर नेपालको तराई–मधेश क्षेत्रमा पनि गहिरो रूपमा देखिने सम्भावना रहेको बताउनुभएको छ ।
नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायहरुले चासोक तङनाम पर्व मनाउन सुरु गरेका छन् लिम्बू समुदायका विभिन्न संस्थाहरुले समय अनकुल मिलाएर मङ्सिर अन्तिम सातासम्म चासोक चङनामको अवसारमा कार्यक्रम गर्ने गर्दछ ।
सदरमुकाम खाँदबारीमा एक व्यक्तिले खुकुरी देखाएर प्रहरीमाथि हातपात गर्दै हतियार खोस्न खोजेपछि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
सर्लाहीमा पाँच हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले अहिले सर्लाहीसहित देशैभर फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलक्षित मतदाता नामावली सङ्कलन गरिरहेको छ ।
पोखराको लेकसाइडलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह, पृथ्वी चोक, जिरो किमी हुँदै हल्लन चोकसम्मका तार जमिनमुनि बिछ्याउने काम तीव्र गतिमा भइरहेको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले तार भूमिगत गर्ने काम यही आर्थिक वर्षभित्र सक्ने गरी भइरहेको दाबी गर्नुभयो ।