सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्युनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नु पर्नेमा जोड दिनुभएको छ।
अवैधरुपमा ओसारपसार गर्दै गरेको चार क्विन्टल ६२ किलोग्राम जडीबुटी टिमुरसहित एक जना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका वडा-१ चेपाङदेखि टिमुर पक्राउ गरिएको हो ।
नेकपा (एमाले) को मङ्सिर २७ गतेबाट सुरु हुने ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि लमजुङबाट दर्जन बढी नेताहरु आकांक्षी देखिनुभएको छ ।
थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गएपछि एक लाखभन्दा बढी कम्बोडियन आफ्नो आश्रय स्थल छोडेर सुरक्षित क्षेत्र तर्फ भागेको कम्बोडियाका मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले बुधबार बताउनु भएको छ ।
बङ्गलादेशमा यस वर्ष डेङ्गुको प्रकोपका कारण ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य विभागको तथ्याङ्कले बुधबार देखाएको छ ।
नेवाःराष्ट्रिय मञ्च तुलसीपुरको आयोजनामा मङ्गलबारदेखि तीन दिने दोस्रो नेवाः खाना महोत्सव सुरु भएको छ । नेवाः खाना महोत्सवमा विभिन्न प्रकारका नेवारी खाना राखिएको छ ।
खाद्य सुरक्षा सुदृढ गर्ने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा तथा डिपो कार्यालय मनाङले चालु आर्थिक वर्ष २०८१-८२ मा सहुलियत दरमा खाद्यान्न तथा उपभोग्य वस्तु वितरणलाई विस्तार गरेको छ ।
मङ्सिर २१ गतेबाट लागू भएको भन्सार ऐनका केही प्रावधानबाट असन्तुष्ट भएका भन्सार एजेन्टहरूले सेवा सुचारु गर्ने भएका छन् ।
ललितपुरका जारी आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप चौथौ चरणसम्मको खेलमा महालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका र दोलखा बुद्धिचाल संघले उपाधिमा दाबी गरेका छन् ।
पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा २ अर्नाकोट तथा ढोरपाटन नगरपालिकाको वडा २, ५ र ७ संगमस्थलमा रहेको अर्नाकोट सामुदायिक स्वास्थ्य इकाइलाई स्कुटर प्रदान गरिएको छ ।
दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ ।
सरकारले सामाजिक सञ्जाल बन्द गरिदिएपछि आम सर्वसाधारण र नयाँ पुस्तालाई मात्र नभई व्यवसाय गर्दै आएका जो कोही पनि नराम्ररी प्रभावित बनेका थिए ।
गल्याङ नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भानुभक्त आचार्य माध्यमिक विद्यालयले हासिल गरेको छ ।
कम्बोडियासँग चलिरहेको सीमा विवादका कारण चार लाखभन्दा बढी थाई बासिन्दालाई आफ्नो आश्रय स्थल छोडी अन्यत्र जना बाध्य पारेको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बुधबार बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव गोकर्णराज विष्टले पार्टीको आसन्न ११औँ महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखिएका मुद्धालाई सम्बोधन गर्नेगरी नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।