• २४ मङ्सिर २०८२, बुधबार

चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु

blog

बेइजिङ, मङ्सिर २४ गते । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ । गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको चारतले भवनमा मङ्गलबार राति ९ः२० बजे सुरु भएको आगलागी राति १०ः०० बजेपछि नियन्त्रणमा लिएको स्थानीय अग्निशमन विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

यस अघि गुआङडोङ र हङकङका आवासीय टावरमा ठुलो आगलागी हुँदा १६० जनाको मृत्यु भएको थियो । “आगोले भवनको १५० वर्गमिटर क्षेत्रलाई असर गरेको जनाउँदै चाओनान जिल्ला फायर एण्ड रेस्क्यु टोलीले आगलागीको कारण, अनुसन्धान तथा व्यवस्थापनको कार्य भइरहेको बताएको छ । 

यस अघि बुधबार बिहानको प्रारम्भिक रिपोर्टमा आठ जनाको मृत्यु भएको र चार जना घाइतेलाई अस्पताल लगिएको जनाइएको थियो । हाल चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले १२ जनाको मृत्यु भएको बताएको छ । गत महिना हङकङमा आगलागी भएपछि चीनले अग्ला भवनमा आगोको खतराविरुद्ध अभियानसमेत चलाएको छ । रासस/एएफपी