नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट आगामी नेतृत्व चयन हुने बताउनुभएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकालागि बाँकेमा नेपाली कांग्रेसका क्षेत्रीय समितिले पूर्वमन्त्री गजेन्द्रबहादुर हमाल र कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरसहित १६ जनाको नाम सिफारिस गरेको छ। जिल्लामा प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र छन्।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
काठमाडौँका २२ वर्षीय श्यामसुन्दर श्रेष्ठले अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयद्वारा आयोजित ‘ब्राइट स्पार्क अवार्ड’ जित्नुभएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा काठमान्डु गोर्खाजले जितका लागि लुम्बिनी लायन्सलाई एक सय १२ रनको सामान्य लक्ष्य दिएको छ ।
बराहक्षेत्र नगरपालिका, चक्रघट्टी सुनसरीका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लागेको छ।
बहुविवाहको आरोपमा जिल्ला प्रहरी कार्यालय, नवलपुरका कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिकामा स्कुल बस र अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा अटोमा सवार एक जना घाइते भएका छन् ।
अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला काठमान्डु गोर्खाजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । टस हारेको लुम्बिनी लायन्स बलिङ गर्दैछ ।
मूर्तिकार बालकृष्ण तुलाधरको निधन भएको छ । उहाँको ९२ वर्षको उमेरमा बुधबार निधन भएको उहाँको परिवारका सदस्य महेश तुलाधरले जानकारी दिनुभयो ।
बार्सिलोना र लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा जित निकालेका छन् । घरेलु मौनमा मङ्गलबार राति भएको खेलमा बार्सिलोनाले फ्याङ्कफर्टलाई २–१ गोलले हरायो । यस्तै लिभरपुलले इन्टर मिलानलाई १–० गोलले पराजित गर्यो ।
प्रधानमन्त्री सुशीला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट थप मुखरित भएको बताउनुभएको छ।
खानेपानीको चरम सङ्कट भएका भगवतीमाई गाउँपालिकाका विभिन्न तीन वडामा चार खानेपानी योजना सम्पन्न भएका छन् । यसबाट भगवतीमाई १, ३ र ४ वडामा ‘एकघर एक धारा’को सुबिधा पुगेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्युनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नु पर्नेमा जोड दिनुभएको छ।