शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर २४ गते । काठमाडौँका २२ वर्षीय श्यामसुन्दर श्रेष्ठले अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयद्वारा आयोजित ‘ब्राइट स्पार्क अवार्ड’ जित्नुभएको छ। अस्ट्रेलियाको एडिलेड, दक्षिण अस्ट्रेलियामा हालै सम्पन्न गाला डिनर समारोहका दौरान उहाँलाई यो सम्मान प्रदान गरिएको हो ।
अस्ट्रेलियन इ–च्यालेन्ज देशकै सबैभन्दा पुरानो विश्वविद्यालय–आधारित उद्यमशीलता कार्यक्रम हो । यस वर्ष प्रतियोगिताको २५औँ वार्षिकोत्सव मनाइएको थियो । सन् २००१ देखि सञ्चालनमा आएको यो कार्यक्रममा हालसम्म ११ सय भन्दा बढी स्टार्टअप सुरु गर्न मद्दत गरेको छ।
श्रेष्ठ र उहाँको टोलीले खानी तथा भारी उद्योगका लागि विशेष कृत्रिम बुद्धिमत्ता (एआई) मोड्युल विकास गरेकोमा उच्च मूल्यांकन प्राप्त गर्नुभएको हो ।