• २५ मङ्सिर २०८२, बिहिबार

बाँकेमा पूर्वमन्त्री हमाल र सहमहामन्त्री राठौरसहित १६ जनाको नाम सिफारिस

blog

कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर । फाइल तस्बिर

सिराज खान

नेपालगन्ज, मङ्सिर २४ गते। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकालागि बाँकेमा नेपाली कांग्रेसका क्षेत्रीय समितिले पूर्वमन्त्री गजेन्द्रबहादुर हमाल र कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरसहित १६ जनाको नाम सिफारिस गरेको छ। जिल्लामा प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र छन्। 

पूर्वमन्त्री हमालको नाम क्षेत्र नम्बर २ र सहमहामन्त्री राठौरको नाम क्षेत्र नम्बर १ का लागि सिफारिस गरिएको हो। 

नेपाली कांग्रेस बाँकेले दिएको जानकारी अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट कांग्रेसका जिल्ला सभापति नारायणप्रसाद गौडेल, उपसभापति कृष्णबहादुर कार्की, क्षेत्रीय सभापति पोषण केसी र नेता माधव खत्री, हुर्मत न्यौपाने र मिना ढुंगानाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ।  

क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री तथा पूर्व जिल्ला सभापति गजेन्द्रबहादुर हमाल, लुम्बिनी प्रदेससभाका पूर्व सदस्य मोहम्मद याकुब अन्सारी, कांग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, क्षेत्रीय सभापति रमेश गुप्ता र सुदिप नरसिंह राणाको नाम सिफारिस गरिएको छ। 

क्षेत्र नम्बर ३ बाट पार्टीका सहमहामन्त्री किशोरसिंह राठौर, पूर्व सांसद आशा विक, नेता लक्ष्मी नारायण शाह, कृष्ण विक रसाइली र देव बहादुर खत्रीको नाम सिफारिस गरिएको छ। 

क्षेत्रीय समितिले सिफारिस गरेर पठाएका नामहरुलाई प्रदेश समतिमा पठाउन पार्टीको जिल्ला कार्यसमितिको बैठक चलिरहेको कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले बताउनुभयो। 

बैठकले छलफल गरेर सिफारिस भएर आएका नामहरुलाई प्रदेशमा र प्रदेशले केन्द्रमा पठाउने नेपाली कांग्रेस बाँकेले जनाएको छ।