शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया), मङ्सिर २४ गते । अवैधरुपमा ओसारपसार गर्दै गरेको चार क्विन्टल ६२ किलोग्राम जडीबुटी टिमुरसहित एक जना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका वडा-१ चेपाङदेखि टिमुर पक्राउ गरिएको हो ।
बाजुराबाट नेपालगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा सु प प्र ०१-००१ क २१७४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा १८ ओटा बोरामा राखिएको टिमुर फेला परेको हो ।
ट्रक चालक शुक्लाफाँटा नगरपालिका वडा २ बस्ने ४३ वर्षीया तेजबहादुर जागरीलाई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रणमा लिइएको टिमुर आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाइएको छ ।
टिमुर कुनै पनि अनुमति नलिई ओसारपसार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताउनुभयो ।