• २४ मङ्सिर २०८२, बुधबार

तुल्सीलाल चेस उपाधिमा तीन टोलीको दाबी

blog

काठमाडौँ,  मङ्सिर २४ गते । ललितपुरका जारी आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप चौथौ चरणसम्मको खेलमा महालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका र दोलखा बुद्धिचाल संघले उपाधिमा दाबी गरेका छन् ।

प्रतियोगिताको चार चरण खेल सम्पन्न हुँदा शीर्ष तीन टोलीले समान तीन जित एक बराबरी नतिजासहित सात सात अङ्क बनाएका छन् ।

महालक्ष्मी नगरपालिकाले प्रतिस्पर्धाको तेस्रो चरणमा कुमारी पाटी चेस क्लबलाई ४–० ले पाखा लगायो । जसमा क्षितिज भण्डारीले भवानी लिम्बुलाई, सुरोज महर्जनले सोम आलेलाई, शैलेन्द्र न्यौपानेले रे राईलाई तथा अशोक मोहन श्रेष्ठले टिमोन राईलाई हराउनुभयो । 

यस्तै चौथो खेलमा ललितपुर महानगरपालिका टिमसँग २–२ स्कोरको बराबरी खेलेको छ । जसमा सुरोज महर्जनले प्रकाशचन्द्र नेपाललाई तथा कमल श्रेष्ठले सिएमए सजिन महर्जनलाई पराजित गर्नुभयो । क्षितिज भण्डारी पुरुषोत्तम सिलवालसँग, शैलेन्द्र न्यौपानेले मुहान नरसिंह श्रेष्ठसँग हार खेप्नुभयो । 

यस्तै ललितपुर महानगरपालिका टिमले महालक्ष्मी नगरपालिकासँग बराबरी खेल्नु पूर्व थापाथली चेस पार्कलाई ३.५–०.५ स्कोरले हराएको थियो ।

जसमा पुरुषोत्तम सिलवालले सुश्रुत दाहाललाई, महानरसिंह श्रेष्ठले सबिनचन्द्र घिमिरेलाई तथा धिरेन राईले सुजन काफ्लेलाई पराजित गरे भने प्रकाश चन्द्र नेपाल र सुशील चौधरी बीचको खेल बराबरीमा सकिएको थियो । 

अर्को शीर्ष टोली दोलखा जिल्ला संघले तेस्रो चरणमा दोलखा चेस होम माथि २.५–१.५ को जित निकाल्यो । जसमा निकेन कुसाथाले ज्वाला इम्बुङ्गलाई, बद्रीलाल नेपालीले राजन सुबेदीलाई हराउनुभयो । कृष्ण थापा र पुरुषोत्तम चौलागाईको खेल बराबरीमा टुङ्गियो भने रिसोन थापा रुपेश जैसवालसँग पराजित हुनुभयो । 

चौथो खेल थापाथली चेस पार्कसँग २–२ को बराबरीमा सकियो  । जसमा रिसोन थापाले सुश्रुत दाहाललाई, कृष्ण थापाले सुशील चौधरीलाई हराउनुभयो भने निकेन आशीष फूँयालसँग र बद्री सबिनचन्द्र घिमिरेसँग पराजित हुनुभयो ।