नेपाली कांग्रेस मोरङका ६ वटै सङ्घीय निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम छनोट गरी जिल्ला समितिमा पठाएको छ ।
कैलालीमा बाक्लो हुस्सु लाग्न थालेको छ । हिउँदे याम सुरु भएसँगै बिहानपख बाक्लो हुस्सु लाग्न थालेको हो ।
म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलस्थित करिब एक सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार तथा पुनर्निर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले मन्दिरको पुनर्निर्माण गरिएको हो ।
रौतहटको चन्द्रनिगाहपुरमा रहेको डिभिजन वन कार्यालयमा मङ्गलबार साँझ तोडफोड भएको छ । रंगपुर साझेदारी वन उपभोक्ता समूहका पदाधिकारीहरुले कार्यालय समय पश्चात आएर तोडफोड गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो ।
‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत मुस्ताङका ग्रामीण क्षेत्रसम्म लैङ्गिकसँगै विद्युतीय हिंसा न्यूनीकरणसम्बन्धी नियमित कार्यक्रम भइरहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका ४ स्थित सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा आयोजना गरिएको निःशुल्क यौन तथा प्रजनन् स्वास्थ्य शिविरमा २८ जना पाठेघरको क्यान्सरका शङ्कास्पद बिरामी भेटिएका छन् ।
साँझपख गुर्जा हिमालबाट घामको किरण अस्ताउन थालेसँगै चिसो बढेको थियो । साँझपख गोठ फर्किंदै गरेका भेडाबाख्रा र गाईगोरुका हुलले गाउँको परिवेशलाई रमणीय बनाएको थियो ।
चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
नवलपुरको कावासोती नगरपालिका–४, हसौराका बासिन्दाले वर्षौंदेखि जोतभोग गर्दै आएको जमिन दर्ताको माग गर्दै सोमबार जिल्ला प्रशासन र मालपोत कार्यालय घेराउ गरेका छन् ।
सल्यानबाट नेपाली कांग्रेसका १६ जना उम्मेदवार सिफारिस भएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य तथा माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रक्रियालाई लक्षित गर्दै पार्टीले १६ जना उम्मेदवार सिफारिस गरेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले सुशासनलाई मजबुत बनाउँदै भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको हो ।
प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले पाल्पा क्षेत्र नं. १ बाट सन्दीप रानाको नाम एकल सिफारिस गरेको छ । फागुन २१ मा हुने निर्वाचनका लागि प्रत्यक्ष तर्फ रानाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२, धरमपुरामा १० शय्याको पालिकास्तरीय अस्पताल निर्माण कार्यको सुरुवात भएको छ ।
दैलेखका गाउँ गाउँमा केही वर्षअघि भत्काइएका छाउगोठ फेरि नयाँ रूपमा ठडिन थालेका छन् । केन्द्र सरकारले छाउपडीलाई दण्डनीय अपराध घोषणा गर्दै स्थानीय तहलाई अभियान सञ्चालन गर्न निर्देशन दिएपछि धेरै स्थानमा पुराना छाउगोठ भत्काइएका थिए ।
सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ व्यवस्थापन कम्पनी लिमिटेड संस्थापना गर्ने निर्णय गरेको छ ।