• २४ मङ्सिर २०८२, बुधबार

कांग्रेसबाट पाल्पा–१ मा राना एकल सिफारिस

blog

सन्दीप राना

इमान सिं राना
रामपुर (पाल्पा), मङ्सिर २४ गते ।
प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले पाल्पा क्षेत्र नं. १ बाट सन्दीप रानाको नाम एकल सिफारिस गरेको छ । फागुन २१ मा हुने निर्वाचनका लागि प्रत्यक्ष तर्फ रानाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

कांग्रेस क्षेत्र नं. १ का सभापति झमन राज मगरले क्षेत्रीय समितिको बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारका लागि रानाको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको जानकारी दिनुभयो । पाल्पा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा समानुपातिकतर्फ लुम्बिनी प्रदेश सदस्य कृष्णप्रसाद अधिकारी र एकजना महिला थप गर्ने गरी उम्मेदवार सिफारिस गर्ने निर्णय समेत भएको छ ।

राना कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्षसमेत हुनुहुन्छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधि सभाका लागि समानुपातिक र प्रत्यक्षतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको थियो । क्षेत्रीय समितिले सिफारिस गरिएको नाम जिल्ला मार्फत प्रदेश समितिलाई पठाइने छ ।