सरकारले आउँदो फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरिसकेको छ । सरकार र निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न तयारी तीव्र पारेका छन् । निर्वाचनबारे भइरहेको तयारी र निर्वाचन सम्पन्न गर्न सरोकारवाला निकायले गर्नुपर्ने कामबारे निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग गोरखापत्र दैनिकका लागि नारद गौतम र नगेन्द्र सापकोटाले गर्नुभएको कुराकानीको सम्पादित अंश :
बर्सौंदेखि जोतभोग गर्दै आए पनि जग्गाको धनीपुर्जा नभएका पूर्वीनवलपरासीको देवचुली, मध्यविन्दु, नगरपालिका र हुप्सेकोट गाउँपालिकाका भूमिहीनले बल्ल लालपुर्जा पाउन सफल भएका छन् ।
हात्तीलाई माहुतेद्वारा प्रशिक्षण गराएपछि मानवीय प्रयोगमा ल्याइने गरिएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षको हात्तीसारमा रहेका छावालाई माहुते (वाहकी) द्वारा मानवीय प्रयोगका लागि तालिम
बिरुवा गाउँपालिका–६, चिन्नेबासमा आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ । ‘सामाजिक विकासका लागि सहयोगी हातहरू’ नामक संस्थाले अस्पताल सञ्चालन गर्न सुविधासम्पन्न भवन निर्माण गरेर चिन्नेबास स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो ।
ठेक्का लागेको छ वर्ष बित्दा पनि पाख्रीबास–मुगा–सुनबालुवा सडक पूरा हुन सकेको छैन । २०७६ असारमा ठेक्का लागेर यो सडकको निर्माण सुरु हुँदा निकै उत्साहित भएका स्थानीय छ वर्षसम्म
लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले छाडा पशुचौपाया व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएको छ । कृषिमन्त्री दिनेश पन्थीको संयोजकत्वमा बनेको समितिले स्थलगत अवलोकन, तथ्याङ्क सङ्कलन, अन्तर्क्रिया र सरोकारवालासँगका छलफलपछि उक्त प्रतिवेदन तयार पारेको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन १२ तले अत्याधुनिक भवन निर्माण तीव्र गतिमा अघि बढेको छ । प्रदेशको ‘गौरवको आयोजना’ मानिएको यस परियोजनाको भौतिक प्रगति हाल ३२ प्रतिशत तथा वित्तीय प्रगति २७ प्रतिशत पुगेको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी निर्देशक छविराज पोखरेलले जानकारी दिनुभयो ।
गुल्मीमा पछिल्ला केही वर्षयता शिक्षकले पेसा छोड्ने क्रम निरन्तर बढ्दै गएको छ । शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका अनुसार चालु आर्थिक वर्षको चार महिनामै आठ जनाले राजीनामा दिएका छन् । आव २०७९/८० देखि हालसम्म कुल १३२ जना शिक्षकले पद त्याग गरेका छन् ।
नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको सूची अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ । पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको समूह प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने काममा जुट्नुभएको छ ।
अहिले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । अभियानका क्रममा गाउँ गाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले गाउँ गाउँमा मानव अधिकारको सवाल, हिंसा र छाउपडीको असरको विषयमा सचेतना कार्यक्रम गरिरहेको छ ।
कोशी लोकमार्गमा पर्ने धनकुटा साँगुरीगढी गाउँपालिका–६, स्थित मालबासेमा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । सोमबार राति करिब १२ बजे मालबासेमा ट्रक अनियन्त्रित भइ सडकबाट खसेर दुर्घटना भएको हो ।
ग्रामीण क्षेत्रका महिलाको कार्यबोझ अझै घटेको छैन । घरपरिवार चलाउने सबै जिम्मेवारी महिलाकै काँधमा भएका कारणले दैनिक कार्यबोझ घट्न नसकेको हो । घरायसी कामका साथै वस्तुभाउ पाल्नेसम्मका कामको जिम्मा महिलालाई छ । बिहानैदेखि रातिसम्म घरमा खाना पकाउने, भाँडा माझ्नेदेखि घाँस काट्ने, दाउरा बोक्ने, खेतबारीका काम गर्ने, घरधन्दा समाल्ने र बच्चाको हेरचाह गर्ने सबै काम महिलाले नै समाल्दै आएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
छाङरु र तिङ्कर दार्चुलामा पर्ने अन्तिम गाउँ हुन् । व्यास गाउँपालिका १ मा पर्ने छाङरुगाउँले भारतसँगको सीमालाई जोड्छ भने तिङ्करगाउँले चीनको ताक्लाकोट सीमानाकालाई जोड्छ । यहाँ सौका समुदायको बसोबास रहेको छ ।
तनहुँमा बालबालिकालाई लक्षित ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रमप्रति अभिभावकको विश्वास निरन्तर बढ्दै गएको छ ।