हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा— केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।
नेपालको विकास नहुनुको मुख्य कारण भ्रष्टाचार नै मानिएको छ । विश्वव्यापी भ्रष्टाचार मापन गर्ने संस्थाको प्रतिवेदनमा पनि नेपालमा सुशासनको चरम अभाव देखाएको छ । कानुनबमोजिम काम नगरी निजी स्वार्थका निम्ति सरकारी सम्पत्ति दुरुपयोग गर्नु भ्रष्टाचार हो । राजधानीको अन्तर्राष्ट्रिय विमानस्थलमा अधिक चाप भएपछि विकल्पका रूपमा राजधानीबाहिर पनि विमानस्थल बनाउने योजना स्वा
हरेक वर्षको डिसेम्बर ९ अर्थात् आजैका दिन संसारभरि भ्रष्टाचारविरुद्धको आवाजलाई बुलन्द बनाउँदै यसलाई निवारण गर्न भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिएको छ । करिब २२ वर्षअघि सन् २००३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर ९ लाई भ्रष्टाचारविरुद्धको दिवसका रूपमा मान्यता दिएको हो । दिवसको मुख्य उद्देश्य भ्रष्टाचारविरुद्ध जनचेतना बढाउन समाज
आन्तरिक राजस्व कार्यालय बागलुङले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा १६.८१ प्रतिशत कर सङ्कलन गरेको छ ।
भ्रष्टाचार नेपाललगायत अति कम विकसित तथा विकासोन्मुख देशको साझा समस्या हो । भ्रष्टाचारले राज्यका तिनै अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यलाई यथारूपमा सञ्चालन हुन नदिई सुशासनमाथि नै प्रहार गर्छ ।
१२० वर्ष अघिको गोर्खापत्र
अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला २०८२ मङ्गलबारबाट सुरु हुँदै छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ४ तेल्लोकमा गोल्ड कप तथा मेला सुरु हुने भएको हो ।
बैङ्क तथा वित्तीय संस्थामा कृत्रिम बौद्धिकता (एआई) प्रयोगलाई सेवामैत्री, सुरक्षित र निर्दिष्ट बनाउन नेपाल राष्ट्र बैङ्कले कृत्रिम बौद्धिकता निर्देशिकाको मसौदा सार्वजनिक गरेको छ । आफ्नो नियामकीय दायरामा रहेका वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी, लघुवित्त र भुक्तानी सेवाप्रदायक कम्पनीलाई लक्षित गर्दै तयार पारिएको मसौदामा आवश्यक सुझाव दिन राष्ट्र बैङ्कले आह्वान गरेको छ ।
‘श्रम आप्रवासनको चक्रमा सुशासन, सुरक्षित मर्यादित सिपयुक्त आप्रवासन’ भन्ने राष्ट्रिय नारासाथ नेपाल सरकारले यस पटकको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाउने भएको छ ।
बदलिँदो समाजमा बालिका र किशोरीहरु विभिन्न किसिमका हिंसा, दुर्व्यवहार तथा असुरक्षाको शिकार बन्ने गरेका छन् ।
नयाँ भन्सार ऐन, २०८२ कार्यान्वयनमा आएसँगै भन्सार जाँचपास प्रक्रियामा ‘ब्लु लेन’ थपिएको छ । ऐन प्रमाणीकरण भएको ९१ औँ दिनपछि शनिबारदेखि कार्यान्वयनमा आएपछि प्रचलनमा रहेको तीन वटा लेनको सट्टा ब्लु लेन थप गरी चार वटा लेन हुने व्यवस्था प्रचलनमा ल्याइएको हो ।
दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को समूह चरण सम्पन्न भइसकेको छ । प्लेअफ, इलिमिनेटर र अन्तिम भिडन्त मात्र बाँकी हुँदा उपाधि विजेताको धमिलो तस्बिर सफा देखिन थालेको छ । अब गत उपविजेता सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्ग्स, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स मात्र उपाधि होडमा बाँकी छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
कलाकार हरेराम जोजिजुले नेपाली कागजमा कोर्नुभएको चित्रकलाले कला पारखीको ध्यान तान्न सफल भएको छ ।
गुल्मीको छत्रकोट गाउँपालिकामा सञ्चालन भएको आठौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीताको उपाधी आत्मबोध मावि छत्रकोट गाउँपालिका–५ खज्र्याङले जितेको छ । १३ स्वर्ण, चार रजत र छ कास्य गरेर २३ पदकसहित आत्मबोध प्रथम भएको हो ।