तनहुँमा बालबालिकालाई लक्षित ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रमप्रति अभिभावकको विश्वास निरन्तर बढ्दै गएको छ ।
श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका गिद्ध भारततिर गएर मर्न थालेका छन् । स्याटेलाइट जडान गरिएका दुर्लभ डङ्गर र अति सङ्कटापन्न सानो खैरो गिद्ध भारततिर गएर कतिपय मरेका छन् भने कतिपय हराउन थालेका छन् । पछिल्लो दुई वर्षमा भारततर्फ गएकामध्ये स्याटेलाइटजडित दुई गिद्ध मरेका छन् भने दुई वटाको अवस्था अज्ञात रहेको नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) ले जनाएको छ ।
पश्चिम नवलपरासीको सुस्तास्थित फेचुवा १ मा सब–डिभिजन वन कार्यालय प्रतापपुर, सुस्ताको भवन निर्माण सुरु भएको छ । भवनको सोमबार लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार (सन्तु) ले शिलान्यास गर्नुभयो ।
गोरखाको गण्डकी गाउँपालिका – २ याङदी टोलबाट यस वर्ष एक करोड रुपियाँ बराबरको सुन्तला बिक्री भएको छ । मेहेनत, उचित हेरचाह र अनुकूल मौसमका कारण यस पटक याङदीका किसानले एक करोड रुपियाँको सुन्तला बिक्री भएका हुन् ।
कर्णाली प्रदेशको विकट जिल्ला मुगुमा आजसम्म पनि ९५ प्रतिशत नागरिकले स्थायी विद्युत् सुविधा नपाएको गम्भीर अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै स्थानीय युवाहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई प्रतिकात्मक ‘झरो’ उपहार दिएका छन् ।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कार्यालय जगन्नाथदेवलबाट फरार भएका एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण चक्रीयमा पर्ने भुरुङ–तातोपानी–घोडेपानी–उल्लेरी–वीरेठाँटी–नयाँपुल खण्डको पुरानो पदमार्ग असहजताका कारण सडक विस्थापित भएपछि पदयात्रीले वैकल्पिक पदमार्ग प्रयोग गर्न थालेका हुन् ।
म्याग्दे गाउँपालिका–४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा सञ्चालन गरिने भएको छ । यसका लागि म्याग्दे गाउँपालिकाले पोखरास्थित हिमालय आँखा अस्पताल घारीपाटन पोखरासँग सम्झौता गरेको छ ।
देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविछिन्न बगिरहेको छ । तर करिब दुई किलोमिटर माथिको बस्तीका बारिकापाटा उजाड छन् ।
सर्लाहीको लालबन्दी नगरपालिका–२, पुनःवासस्थित पाँचकुमार प्राथमिक विद्यालय पछाडि निर्माण गरिएको सामूहिक आवास भवन वर्षौदेखि अलपत्र रहेको छ ।
पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आउनुभएको छ ।
भीरकोट नगरपालिकाले आयोजना गरेको सातौँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मा भाग्योदय माध्यमिक विद्यालय प्रथम भएको छ ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले रौतहटका विभिन्न शक्तिपिठमा पूजाअर्चना गर्नुभएको छ ।