अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर २३ गते । भीरकोट नगरपालिकाले आयोजना गरेको सातौँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मा भाग्योदय माध्यमिक विद्यालय प्रथम भएको छ ।
पालिकाभित्रका १७ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा भाग्योदय माध्यमिक विद्यालय, वडा नं. –६ ले १४ स्वर्ण, सात रजत र पाँच कास्य पदकसहित प्रथम स्थान हासिल गरेको हो ।
यस्तै सहिद शुक्र माध्यमिक विद्यालय, पाँच स्वर्ण, १० रजत र चार कास्य पदकसहित द्वितीय स्थान प्राप्त गरेको हो ।
यस्तै दहथुम माध्यमिक विद्यालयले तीन स्वर्ण, तीन रजत र सात कास्य पदकसहित तृतीय स्थान प्राप्त गर्न सफल भएको हो ।
यहाँ ३० स्वर्ण, ३० रजत र ३० कास्य गरी ९० पदकमा प्रतिस्पर्धामा भएको थियो भने चार वटा विद्यालयले कुनै पनि पदक जित्न नसक्दा पाँच वटा विद्यालय स्वर्ण पदकविहीन भएका थिए ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म पुग्न सफल खेलाडी सुशील खड्कालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।