दक्षिण कोरियाका राष्ट्रपति ली जाई म्युङ र उहाँको टोलीले सियोलस्थित ऐतिहासिक ब्लू हाउसबाट पुनः राष्ट्रपतिको दैनिक काम कारबाही सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएसन नेपाल ९एन प्याब्सन० तनहुँको आयोजना मङ्सिर २५–२६ मा दमौलीमा खेलकुद महोत्सव हुने भएको छ ।
सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ । यो वर्षको तापमान सन् २०२३ सँग बराबरी हुने बाटोमा रहेको उक्त संस्थाले जनाएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा देशको अर्थतन्त्र र रोजगारीमा असर परेको बताउनुभएको छ ।
रूसी विदेश मन्त्रालयले हालै अद्यावधिक गरिएको नयाँ अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिले द्वन्द्व अन्त्यका लागि दुई पक्षबिच साझा आधार प्रस्तुत गरेको बताएको छ ।
बेलायतका प्रधानमन्त्री कीर स्टारमरले रूस-युक्रेन शान्ति वार्ताको विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मेर्जसँग लन्डनमा वार्ता गर्नु भएको छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा विराटनगर महागरपालिका भने महिला सशक्तीकरणका लागि अघिल्ला वर्षहरुमा गरेका कामबाट प्राप्त प्रतिफलको समिक्षामा व्यस्त छ ।
हिमालयन विलोले राष्ट्रिय क्रिकेट टोलीका सदस्य नन्दन यादवलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
चीनले राज्यनियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्व कार्यकारीलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार मृत्युदण्ड दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
गएको भदौ २४ गते भएको जेनजी आन्दोलनमा क्रममा विभिन्न सरकारी कार्यालयहरू तोडफोड र आगजनी गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ प्रदान गर्ने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र नभई सुशासनका लागि तीव्र गतिमा काम गर्ने सरकार भएको बताउनुभएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला हेर्नुहुने) मुनु महावरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार आतङ्ककारीहरूले सुरक्षा फौज माथि आक्रमण गर्दा छ जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको सुरक्षा स्रोतले मङ्गलबार जनाएका छन् ।
मानव अधिकार हननका पीडितलाई सहयोग गर्ने, मानव अधिकार अवस्थाको अनुगमन गर्ने, असल शासन र सरकारी नीतिमा सहयोग गर्ने, मानव अधिकारको अन्तर्राष्ट्रिय महासन्धिको कार्यान्वयनमा सहयोग गर्ने लगायतका कार्य गर्दै आएका मानव अधिकार रक्षक नै असुरक्षित हुँदै गएको एक कार्यक्रमका सहभागीहरुले जनाएका छन् ।