लमजुङमा सञ्चालित १७ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि बेँसीसहर नगरपालिकाले हात पारेको छ । प्रतियोगितामा १६ स्वर्ण, ८ रजत र ६ कास्य प्राप्त गरी बेसीशहरले राष्ट्रपति रनिङ्ग शिल्ड हात पारेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् ।
यहाँको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन वर्षसम्म पनि सम्पन्न भएको छैन । हालसम्म ७५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ ।
मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला हेर्नुहुने) मुनु महावरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
म्याग्दीको बेनी नगरपालिका–९,स्थित तोरिपानी गाउँका किसानले परम्परागत तरिकाले थाङ्ग्रोमा गरिएको मकै भण्डारण । साथमा पृष्ठभुमीमा देखिएका अन्नपुर्ण, धौलागिरी लगायत हिमाल ।
मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको छ ।
जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।
अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (फआईए) द्वारा प्रदान गरिने प्रेसिडेन्सियल अवार्डको लागि एसिया प्यासिफिक क्षेत्रबाट नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) छनोट भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न प्रयत्नरत रहेको बताउनुभएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति ली जाई म्युङ र उहाँको टोलीले सियोलस्थित ऐतिहासिक ब्लू हाउसबाट पुनः राष्ट्रपतिको दैनिक काम कारबाही सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएसन नेपाल ९एन प्याब्सन० तनहुँको आयोजना मङ्सिर २५–२६ मा दमौलीमा खेलकुद महोत्सव हुने भएको छ ।
सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ । यो वर्षको तापमान सन् २०२३ सँग बराबरी हुने बाटोमा रहेको उक्त संस्थाले जनाएको हो ।