• २३ मङ्सिर २०८२, मङ्गलबार

प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट

blog

प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्नुहुँदै भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर। तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, मङ्सिर  २३ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि उहाँले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गर्नुभएको थियो ।