गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी योद्धाका अधुरा सपना पुरा गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै यो सरकारको प्रमुख कार्यभार भएको बताउनु भएको छ।
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले बाँकेमा सञ्चालन गरेको ‘बक्यौता असुली अभियान’ अन्तर्गत एकै दिन २५ लाख रुपियाँ भन्दा बढी बक्यौता असुली गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले थन्किएका तीन करोड बढीका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन गरेको छ ।
सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलमा लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुर र काभ्रेपलाञ्चोक जिल्ला जोड्ने सिग्रेदोभान पक्की पुल आगामी वैशाखभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले लैङ्गिक हिंसा रोक्नका लागि पारिवारिक सचेतना जरुरी रहेको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज शिष्टाचार भेट गर्नुभएको छ।
नेपाली कांग्रेसले कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि चार जनाको नाम सिफारिस गरेको छ ।
ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।
मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न खालका हिंसाका घटना वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा आचार्य लक्ष्मण पन्थी नियुक्त हुनुभएको छ ।
मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ
संयुक्त अरब इमिरेट्स (यूएई) मा यही डिसेम्बर १२ देखि हुने एसिसी पुरुष यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अर्धशतकको योगदान दिनुभयो । उहाँले ५२ बलको सामना गर्दा तीन चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ६३ रन बनाउनुभयो ।