म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका टेकबहादुर खत्रीलाई यतिखेर सुन्तला टिप्न र बिक्री गर्न भ्याइनभ्याई छ । घर नजिकै रहेको सुन्तला बगैँचामा लटरम्म सुन्तला पाकेका छन् । सुन्तला खरिद गरेर लैजान सुन्तला बगैंचामा व्यापारी आएका छन् ।
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् ।
बागलुङको धौलागिरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा श्रीप्रसाद शर्मा नियुक्त हुनुभएको छ ।
कोशी प्रदेशका विभिन्न जिल्लास्थित विकट तथा दुर्गम बस्तीका र विपन्न सर्वसाधारणलाई घरआँगनमा नै गएर प्रभावकारी स्वास्थ्य सेवा र औषधी उपचार गर्ने अभियानलाई इटहरीस्थित सैनिक अस्पतालले प्राथमिकता दिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली गीतकार संघले अमेरिकाको दोस्रो वार्षिक अधिवेशन पेन्सिलभेनिया राज्यको ल्यान्कास्टरमा हुने भएको छ । अध्यक्ष हरि उप्रेतीका अनुसार, संघको आयोजनामा सम्पन्न हुने उक्त अधिवेशन यही मार्च २९, २०२६ का दिन हुने छ । समारोहको संयोजन तथा व्यवस्थापन स्थानीय नेपाली साहित्यिक संस्था ‘साहित्य कला संगम’ले गर्ने तयारी गरेको पनि उहाँले बताउनुभयो । अधिवेशनमा संघको वार्षिक गतिविधि र आर्थिक गतिविधि माथि छ
कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । यहि मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्रको गीत ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक रोमान्टिक प्रेमिल ‘लाजै नमानी’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार कुमार न्यौपाने र विमला लिम्बु फिचर्ड छन् । सार्वजनिक गीतमा मेलिना राई र नारायण थापाको स्वर रहेको छ । गीतका शब्द शंकर अधिकारीले लेखेका हुन् भने विकास चौधरीले संगीत गरेका छन् ।
१२० वर्ष अघिको गोर्खापत्र
उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि मानव अधिकारको सुनिश्चितता अझै अपूर्ण रहेको तथ्यलाई उजागर गरेको बताउनुभएको छ ।
१. बेलायतको ‘रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग’ द्वारा प्रदान (सन् २०२५) गरिएको प्रतिष्ठित ‘फेलोसिप अफ द रोयल कलेज अफ सर्जन्स’ (एफआरसिएस) उपाधिबाट सम्मानित हुने नेपाली चिकित्सक को हुनुहुन्छ ? डा. पुकारचन्द्र श्रेष्ठ
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले डाक्टर, इन्जिनियर र प्रहरीलाई चिने जस्तै लेखकलाई पनि चिन्न सक्नुपर्ने बताउनुभएको छ ।
सङ्घीय शासनव्यवस्था १. नेपालमा सङ्घीय शासनव्यवस्था को अभ्यासमाथि समीक्षात्मक टिप्पणी गर्दै यसको कार्यान्वयनलाई प्रभावकारी तुल्याउन गर्नुपर्ने सुधारका उपाय प्रस्तुत गर्नुहोस् । राज्यशक्तिलाई बाँडफाँट गरी तल्लो तहसम्म पु¥याइँ नागरिकको अधिकाधिक सहभागिता र स्वामित्वमा शासन सञ्चालन गर्दै नागरिकलाई शासनको सुखद अनुभूति गराउन अवलम्बन गरिएको व्यवस्थालाई सङ्घीय शासनव्यवस्था भनिन्छ
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा बुधबार अपराह्न ४ बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।
नेपाली लोकसङ्गीत क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताउनुभएकी धनकुमारी थापा (सरु) सङ्गीतलाई जीवनमा अनिवार्य मान्नुहुन्छ । उहाँ नेपालमा पहिलो महिला दोहोरी साँझ खोल्ने व्यक्ति हुनुहुन्छ । हाल गीत/सङ्गीतसँगै उहाँ ‘हेयर एन्ड शीतल युनिसेक्स सैलुन र ह्यान्डिक्राफ्ट’ व्यवसायमार्फत रोजगारी सिर्जनामा संलग्न हुनुहुन्छ ।
पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई १०१ संस्थाले सामूहिक रूपमा विशेष सम्मान गरेका छन् । बैतडीको सुर्नया गाउँपालिका–२, कुरकुटियामा जन्मिएका चन्दलाई नेपाली साहित्यमा योगदान गरेकोमा कदर गर्दै सोमबार गृह क्षेत्रमा नै भव्य रूपमा अभिनन्दन गरिएको हो ।