सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च स्याङ्जाले आयोजना गरेको छैटौं क्रसकन्ट्री दौड प्रतियोगितामा पाँच सय खेलाडी सहभागी हुने भएका छन् ।
सरकार र राजनीतिक दल निर्वाचनको तयारीमा जुटिरहेका बेला मतदाता रोजगारीको खोजीमा भारततर्फ जान थालेका छन् । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सरकार र दलहरू तयारीमा अगाडि बढिसकेका छन् तर सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लाका ग्रामीण भेगका जनतालाई भने निर्वाचनभन्दा पनि गुजाराको चिन्ता छ ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामलाई तीव्र बनाएको छ । सरकारले कात्तिक २१ देखि सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमतिपत्र छपाइको काम सु
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी बिहानैदेखि जनताको सेवामा व्यस्त देखिनुहुन्छ । कहिले बैठक, कहिले पालिकाबाटै गरिएका योजनाको अनुगमन, कतै स्थानीयका गुनासा सुन्ने उहाँको दैनिकी यस्तै छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ । पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने बताइएको छ ।
२०६० मङ्सिर २३ गते साँझ सदाझैँ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का भूपेन्द्रराज उप्रेती धम्बोझीमा रहेको आफ्नो हार्डवेयर पसलमा काम गर्दै हुनुहुन्थ्यो ।
उपसभामुख इन्दिरा रानाले गरिबी, बेरोजगारी, सामाजिक असमानता, लैङ्गिक हिंसा, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा दुर्गम क्षेत्रका समुदायले अझै पनि पूर्ण अधिकार उपभोग गर्न नसकिरहेको अवस्था मानव अधिकार प्रवद्र्धनका लागि थप गम्भीर चिन्ताको विषय भएको बताउनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतन्त्र, सामाजिक न्याय र मानव अधिकारको पूर्ण कार्यान्वयनलाई सबैको साझा सङ्कल्प बनाउनु आजको अपरिहार्य आवश्यकता भएको बताउनुभएको छ ।
मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ ।
गत वर्षको तुलनामा यसवर्ष ८४ दशमलव चार मेट्रिकटन धान उत्पादन भएको केन्द्रकी सूचना अधिकारी प्रतिभा शर्माले जानकारी दिनुभयो । अघिल्लो वर्ष २० हजार मेट्रिकटन धान उत्पादन भएको थियो । यसवर्ष २० हजार ७८४.४ मेट्रिकटन उत्पादन भएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु गरिएको छ ।
अघिल्लो आर्थिक वर्ष ८० जना सुत्केरी गराएको गलकोट नगर अस्पतालमा चालु वर्षको पहिलो चौमासिकमै २० जना महिलाले सेवा लिएका छन् । अपरेशन सेवा सुरु भएपछि सुत्केरीका लागि गर्भवतीहरु आउनेक्रम बढेको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका प्रारम्भ भएको कार्यक्रममा सङ्घ आवद्ध सदस्यसँगै पोखरामा क्रियाशील विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मीसहित ४५ जना सहभागी छन् ।