गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २४ गते । अन्तर्राष्ट्रिय नेपाली गीतकार संघले अमेरिकाको दोस्रो वार्षिक अधिवेशन पेन्सिलभेनिया राज्यको ल्यान्कास्टरमा हुने भएको छ । अध्यक्ष हरि उप्रेतीका अनुसार, संघको आयोजनामा सम्पन्न हुने उक्त अधिवेशन यही मार्च २९, २०२६ का दिन हुने छ । समारोहको संयोजन तथा व्यवस्थापन स्थानीय नेपाली साहित्यिक संस्था ‘साहित्य कला संगम’ले गर्ने तयारी गरेको पनि उहाँले बताउनुभयो ।
अधिवेशनमा संघको वार्षिक गतिविधि र आर्थिक गतिविधि माथि छलफल गरिनुका साथै भावी कार्यायोजना प्रस्तुत गरिनेछ । स्थानीय कार्यक्रम संयोजक ‘साहित्य कला संगम’ द्वारा तयार पारिएको विभिन्न साहित्यिक एवं सांस्कृतिक कार्यक्रमसहित संस्थाको बारेमा अन्तरक्रिया गरिने कार्यक्रम पनि रहनेछ । संघले यसको प्रथम अधिवेशनदेखि नै गीत रचनामा उत्कृष्ठ योगदान पु¥याउने एकजना विशिष्ट गीतकारलाई १ हजार अमेरिकी डलर नगद पुरस्कार सहित ‘ज्ञानेन्द्र गदाल गीत सम्मान’ द्वारा सम्मानित गर्दै आएको छ ।
यस वर्षदेखि उक्त सम्मान लगायत नेपाल र नेपाली डायस्पोराका गीत, संगीत र गायन विधाका ६ जना उत्कृष्ठ श्रष्टालाई समेत पुरस्कार तथा सम्मान प्रदान गरिने भएको छ । संघद्वारा हरेक वर्ष अर्पण गरिने (ज्ञानेन्द्र गदाल गीत सम्मान–२०२४) पहिलो पटक गत वर्ष विशिष्ट गीतकार नीर शाहलाई अर्पण गरिएको थियो ।