• २४ मङ्सिर २०८२, बुधबार

धौलागिरी अस्पतालको अध्यक्षमा श्रीप्रसाद शर्मा नियुक्त

blog

बागलुङको धौलागिरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त हुनुभएका श्रीप्रसाद शर्मा । तस्बिर सौजन्य : पत्रकार खेमराज गौतम

नवराज नेपाली 
बागलुङ (गलकोट), मङ्सिर २४ गते ।
बागलुङको धौलागिरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा श्रीप्रसाद शर्मा नियुक्त हुनुभएको छ ।

शर्मालाई गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले नियुक्ति गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा शर्मालाई नियुक्त गरेको गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्का प्रवक्ता तथा आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले जानकारी दिनुभयो ।

प्रवक्ता गुरुङले गण्डकी प्रदेशका अन्य जिल्लाका व्यवस्थापन समितिमा समेत नियुक्त गरेको जानकारी दिनुभयो ।