• २३ मङ्सिर २०८२, मङ्गलबार

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

blog

होमराज रानाभाट

कावासोती, मङ्सिर २३ गते । जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरी कारागार चलान गरिएको छ । 

पूर्वी नवलपरासी जिल्ला विभाजित भएपछि कारागारविहीन जिल्लाका रुपमा रहेको र यहाँको जिल्ला अदालतले दोषी ठहर गरेका अभियुक्तहरुलाई चितवन र परासी कारागार पठाइने गरेकोमा जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते दुबै कारागारबाट नवलपुर जिल्ला अदालतमा मुद्दाबाट सजाय पाएका एक सय तीन जना कैदी भागेकामा अहिलेसम्म ४८ लाई पक्राउ गरेर पुनः कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युुवराज खड्काले बताउनुभयो । 

कारागारबाट भागेका कैदीहरुलाई उनीहरुको घरमा नै पुगेर कारागारमा आत्मसमर्पण गर्न आग्रह गरिए पनि सजाय पाएर कारागारको कैद भुक्तान गरिरहेका अझै ५५ कैदी पूर्वी नवलपरासीबाट सम्पर्कविहीन भएका र उनीहरुको खोजी कडाइका साथ भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । 

भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन पटक पटक परिवारलाई समेत आग्रह गरिए पनि ५५ कैदी अझै फरार अवस्थामा रहेकाले उनीहरुको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको र त्यस क्रममा आठ जना पुनः समातिएको र धेरै अझै फरार सूचीमा रहेका खोजी कार्यलाई तीव्रता दिइएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । 

कारागार नभएका कारण कैदीलाई अदालतले सजाय सुनाएपछि चितवनको भरतपुर र पश्चिम नवलपरासीको परासी कारागार पठाइने गरेको र ती सबै कैदी आन्दोलनका कारण कारागार तोडेर भागेका र भाग्ने क्रममा प्रहरीले अहिलेसम्म ४८ लाई पक्राउ गरेर कारागार चलान गरेको र ५५ जनाको खोजी तीबव्र पारिएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । 

जिल्लाको सदरमुकाम कावासोतीमा अहिले कारागार निर्माण भइरहेको र निर्माण सम्पन्न भएपछि अन्यत्र जिल्लाका कारागारमा कैदी बन्दी पठाउन नपर्ने अवस्था छिट्टै आउने प्रमुख जिल्ला अधिकारी भबिश्वर पाण्डेले बताउनुभयो ।