• २३ मङ्सिर २०८२, मङ्गलबार

एनपिएल : सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

blog

काठमाडौँ, मङ्सिर २३ गते । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ प्रदान गर्ने भएको छ ।

अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धनप्राप्त काठमाडौँको थापागाउँ, बानेश्वरस्थित उक्त कलेजले प्रत्येक दिनको खेलमा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ द्वारा सम्मान गरिने जनाएको छ ।

प्रतियोगिताभर सर्वाधिक रन बनाउने एक खेलाडीले प्रतियोगिता समाप्त भएको दिन प्लाटिनम क्याप प्राप्त गर्ने कलेजका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । 

क्यानसँगको सहकार्यमा प्रदान गरिने उक्त क्याप पाएका खेलाडी आगामी खेलमा पनि सोही प्लाटिनम क्याप लगाएर मैदानमा उत्रिनेछन् ।

प्रतियोगिता दौरान सर्वाधिक रन बनाउने एडम रोसिङटन, मार्क वाट र रवि बोपाराले यो क्याप लगाउनुभएको थियो ।

हाल पोखरा एभेन्जर्सका विदेशी खेलाडी एडम रोसिङटन सर्वाधिक रनबनाउनेमा शीर्ष स्थानमा हुनुहुन्छ । यसकारण उहाँ अहिले प्लाटिनम क्याप होल्डर रहनुभएको छ । 

एनपिएलको सुरुवातदेखि नै अफिसियल एजुकेशन पार्टनर रहेको कलेजले एनपिएलको फाइनल खेलपछि सबैभन्दा बढी रन बनाउने खेलाडीलाई विशेष उपहार दिने योजना रहेको बताएको छ ।


लेखक बाट थप