यस वर्षको सूर्यभक्त–पतनादेवी स्मृति वाङ्मय पुरस्कार पोखरा निवासी वरिष्ठ व्यङ्ग्यकार दुर्गा बराल वात्स्यायनलाई प्रदान गरिएको छ ।
नेपाली चलचित्र ‘जेरी अन टप’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । गत असोज ३१ गतेदेखि प्रदर्शन भएको ‘जेरी अन टप’ ले शनिबार सो कोसेढुङ्गा छोएको हो । उक्त चलचित्रले काठमाडौँ उपत्यकामा रहेका क्युएफएक्स सिटी स्क्वाएर, रन्जना सिनेप्लेक्स, वान सिनेमाज नयाँ बानेश्वर र कालीमाटी, एफक्युब चाबहिल र इलाइट सिनेमा इटहरीमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको उक्त चलचित्रका वितरक करण श्रेष्ठले जानकारी दिनुभयो ।
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हुनेछ ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विकास साझेदार संस्थाहरू परियोजनामुखी भएकाले सामाजिक अभियानहरू प्रभावकारी नभएको बताउनुभएको छ । सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा सोमबार यहाँ आयोजित तीनदिने अन्तर्राष्ट्रिय सिकाइ सम्मेलनको उद्घाटनमा मन्त्री खरेलले विकास र सामाजिक परिवर्तनको क्षेत्रमा काम गर्ने अधिकांश विकास साझेदार सं
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ८२ पैसा र बिक्रीदर १४४ रुपियाँ ४२ पैसा निर्धारण गरिएको छ ।
गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको जेननी आन्दोलनमा मृत्युवरण गरेका ४५ जना सहिदको सूची सबै जिल्ला प्रशासन कार्यालयमा राख्न निर्देशन दिएको छ ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ६७ वटा दलले दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ताका लागि मङ्सिर २१ देखि २३ गतेसम्मको समयसीमा तोकेको छ ।
गायक, गीतकार तथा मोडल अशोक बिष्टको स्वर रहेको नयाँ लोकगीत ‘मिठो मिठो बोली’ सार्वजनिक भएको छ । उक्त गीतलाई लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले सार्वजनिक गर्नुभयो ।
रसुवा जिल्लाको कालिका गाउँपालिका –५ मा सोमबार भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । बिहान करिब ७ः३० बजे बारीमा घाँस काटिरहेका जिवजिवेका चेतनाथ गजुरेल र नौकुण्ड गाउँपालिका –५ खाल्चेतका मानबहादुर थिङलाई जङ्गली भालुले आक्रमण गरेको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनु भएको छ।
जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा सोमबार राति गएको शक्तिशाली भूकम्पपछि ३ मिटर उचाइसम्मको सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानको टोलीसँग भेटघाट तथा छलफल गर्नुभएको छ ।