घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियल पाहुना टोली सेल्टा भिगोसँग २–० गोलले स्तब्ध बन्यो ।
मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेशमा बेथिति रहेकोले बेथिति हटाउँदै सिस्टममा ल्याउने र सुशासन कायम गर्ने पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।
बर्दियाको गुलरिया नगरपालिका भित्रका पाँच ओटा माध्यमिक विद्यालय तीन तारा घोषणा हुने भएको छन् ।
काठमाडौँ उपत्यकामा दिनहुँ तापक्रम घटदै चिसो बढिरहेको भएपनि क्रिकेटको रौनकले वातावरण तताउँदै लगेको पाइएको छ ।
पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा मङ्सिर २१ देखि २८ गतेसम्म सञ्चालन हुने एसियन युथ पारा गेम्समा नेपालकी पारा तेक्वान्दो खेलाडी रेनु तामाङले प्रतिस्पर्धा गर्नुहुनेछ ।
काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विकास साझेदार संस्थाहरु परियोजनामुखी भएकाले सामाजिक अभियानहरु प्रभावकारी नभएको बताउनुभएको छ ।
वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ ।
पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक आंशिक बन्दको समयमा मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काट्ने तयारी गरिएको छ ।
जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज दुई जना गम्भीर घाइते भएका छन् ।
सिन्धुलीमा जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालयमा आगजनी र तोडफोड गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
नागढुङ्गा–मलेखु सडक खण्ड एक साताका लागि आंशिक बन्द हुने भएको छ ।