आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस बागलुङ प्रतिनिधिसभा क्षेत्र नं.–२ बाट प्रत्यक्षका लागि १० जनाको नाम सिफारिस गरिएको छ ।
लहान नगरपालिका-११, पडरिया बैठारमा समाजका अगुवाहरूको सक्रियतामा कृषकहरूलाई उत्पादनमा जोड दिन कृषि हाटबजार लगाउन सुरु गरिएको छ ।
नेपाली कांग्रेस दैलेखले फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम उम्मेदवार चयन गर्न थालेको छ ।
जिल्लाको एउटा विद्यालयले शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेको छैन ।
७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा पोखरामा प्रभातफेरी गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराको अगुवाइमा प्रभातफेरी गरिएको हो ।
नेपाली कांग्रेस मोरङका ६ वटै सङ्घीय निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम छनोट गरी जिल्ला समितिमा पठाएको छ ।
कैलालीमा बाक्लो हुस्सु लाग्न थालेको छ । हिउँदे याम सुरु भएसँगै बिहानपख बाक्लो हुस्सु लाग्न थालेको हो ।
म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलस्थित करिब एक सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार तथा पुनर्निर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले मन्दिरको पुनर्निर्माण गरिएको हो ।
रौतहटको चन्द्रनिगाहपुरमा रहेको डिभिजन वन कार्यालयमा मङ्गलबार साँझ तोडफोड भएको छ । रंगपुर साझेदारी वन उपभोक्ता समूहका पदाधिकारीहरुले कार्यालय समय पश्चात आएर तोडफोड गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो ।
‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत मुस्ताङका ग्रामीण क्षेत्रसम्म लैङ्गिकसँगै विद्युतीय हिंसा न्यूनीकरणसम्बन्धी नियमित कार्यक्रम भइरहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका ४ स्थित सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा आयोजना गरिएको निःशुल्क यौन तथा प्रजनन् स्वास्थ्य शिविरमा २८ जना पाठेघरको क्यान्सरका शङ्कास्पद बिरामी भेटिएका छन् ।
साँझपख गुर्जा हिमालबाट घामको किरण अस्ताउन थालेसँगै चिसो बढेको थियो । साँझपख गोठ फर्किंदै गरेका भेडाबाख्रा र गाईगोरुका हुलले गाउँको परिवेशलाई रमणीय बनाएको थियो ।
चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
नवलपुरको कावासोती नगरपालिका–४, हसौराका बासिन्दाले वर्षौंदेखि जोतभोग गर्दै आएको जमिन दर्ताको माग गर्दै सोमबार जिल्ला प्रशासन र मालपोत कार्यालय घेराउ गरेका छन् ।
सल्यानबाट नेपाली कांग्रेसका १६ जना उम्मेदवार सिफारिस भएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य तथा माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रक्रियालाई लक्षित गर्दै पार्टीले १६ जना उम्मेदवार सिफारिस गरेको हो ।