• २४ मङ्सिर २०८२, बुधबार

निर्वाचनका लागि उम्मेदवार चयन गर्दै कांग्रेस

blog

यामराज बिष्ट
दैलेख (पञ्चकोशी) मङ्सिर २४ गते ।
नेपाली कांग्रेस दैलेखले फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम उम्मेदवार चयन गर्न थालेको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले उम्मेदवार चयन गर्न थालेको हो ।

पार्टीको केन्द्रीय निर्देशन अनुसार सहमतिबाट उम्मेदवार सिफारिस नटुङ्गिए सबैको नाम केन्द्रमा पठाइने नेपाली कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले बताउनुभयो । उहाँले आकाङ्क्षी धेरै भएपछि छलफल गरेर जिल्लामा असन्तुष्टि नहुने गरी उम्मेदवार चयन गरिने बताउनुभयो ।

उहाँले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १३ जना, समानुपातिकतर्फ सात जना र राष्ट्रियसभा निर्वाचनतर्फ ६ जनाको उम्मेदवारी भएको बताउनुभयो ।

प्रतिनिधिसभामा खेमराज केशी, खेमराज वली, गणेशप्रसाद उपाध्याय, देवेन्द्रबहादुर थापा, नगेन्द्रबहादुर मल्ल, नर्सिङ मल्ल, पदमबहादुर मल्ल, बखतबहादुर कटुवाल, बास्ना थापा, भूपेन्द्र शाही, मणिराम रेग्मी, मनोजकुमार थापा र सुशील देउजा रहेको सभापति रेग्मीले बताउनुभयो ।

यस्तै, प्रतिनिधिसभा समानुपातिकतर्फ कुलबहादुर विश्वकर्मा, दीपक सोनी, दुर्गा श्रेष्ठ, निर्मलाकुमारी थापा, मीनाकुमारी थापा र मोहनमाया प्याकुरेल रहेको उहाँले बताउनुभयो ।

यसैगरी, राष्ट्रियसभातर्फ किशोर केसी, रङ्गबहादुर शाही, खड्कबहादुर सिजापति, नगेन्द्रबहादुर खत्री, सीता ज्ञावली र हिक्मतबहादुर विश्वकर्मा तथा प्रतिनिधिसभा समावेश समानुपातिकतर्फ गणेशबहादुर बोगटी रहनुभएको छ ।