काठमाडौँ, मङ्सिर २२ गते । स्पेनिस ला लिगाको उपाधि दावेदार रियल म्याड्रिडलाई मध्यम टोली सेल्टा भिगोको झट्का लागेको छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियल पाहुना टोली सेल्टा भिगोसँग २–० गोलले स्तब्ध बन्यो ।
हारसँगै दोस्रो स्थानमा रहेको रियलले शीर्षटोली बार्सिलोनासँग अङ्क दुरी घटाउने मौका गुमाएको छ । रियलको हारले बार्सिलोनालाई भने फाइदा पुगेको छ ।
हारसँगै रियलको १६ खेलबाट ३६ अङ्क छ । रियललाई हराएको सेल्टा भिगो १५ खेलबाट १९ अङ्क जोड्दै १०औँ स्थानमा छ । शीर्षटोली बार्सिलोनाको ४० अङ्क छ ।
सेल्टा भिगोलाई जित दिलाउन दुवै गोल विलियट स्वेडबर्गले गर्नुभयो । उहाँले ५३औँ र दोस्रो हाफको इन्जुरी समयमा गर्नुभएको थियो । पहिलो हाफमा बराबरीमा सकिएको खेलका रियलको गोल फर्काउने प्रयास अन्तिमसम्म सफल भएन ।
खेलको अन्तिममा फरान गार्सिया दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि रियलले १० खेलाडीमा खेल सकेको थियो । एजेन्सी