दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका निम्ति रु एक अर्ब २५ करोड अनुदान सहयोग गर्ने भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य बनेको छ । यो स्थानमा पर्यटक आकर्षित गर्न पदमार्गलगायत भौतिक संरचना निर्माण गरिएको छ ।
जग्गा वर्गीकरण नगरेका कारण हुम्लाका छ वटा पालिकामा कित्ताकाट रोकिएको छ । भूउपयोग नियमावली जारी भएको तीन वर्ष बित्दासम्म ती गाउँपालिकाले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट रोकिएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् ।
दिक्तेलमा मङ्गलबार आयोजित सूचनाको हकसम्बन्धी छलफलमा सहभागी जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालयबाट आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार सूचना भने प्राप्त नहुने गुनासो गरेका छन् ।
पूर्वराष्ट्रपति तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेपाली जनताको सामाजिक न्याय, वर्गीय हितका लागि काम गर्न राष्ट्रिय अर्थतन्त्रलाई समृद्ध बनाउनुपर्ने बताउनुभएको छ । १० वर्षपछि
महिलाले विभिन्न कारणले अझै पनि निजी क्लिनिक, मेडिकल पसल वा घरमै औषधी सेवन गरेर गर्भपतन गराउने गरेको पाइन्छ । लाज र गोपनीयताको चाहना तथा विवाहपूर्व वा सामाजिक परिस्थितिबाट उत्पन्न गर्भलाई लुकाउन हतारमा असुरक्षित वा गैरसूचीकृत बाटो रोज्ने गरेको जानकार बताउँछन् ।
सर्केगाड गाउँपालिका–१ भएर बग्ने तुम्च बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई आवागमनमा सास्ती भएको छ । पुल नहुँदा सबैभन्दा बढी देवल आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित भएका छन् ।
जिल्लाको बलेवास्थित प्रसिद्व धार्मिक शत्तिपिठ कालभैरव मन्दिरमा नियमित पूजाआरधना गरेर हरेलो पर्व मनाइएको छ । सदरमुकाम बागलुङ बजारदेखि दक्षिण क्षेत्रको सिधा सडक सम्पर्क अभावले कालभैरव मन्दिरमा ‘हरेलो मेला’ भने हुन सकेन ।
सिन्धुली जिल्लामा यो वर्ष वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेसँगै किसानको खेतीयोग्य जमिन कटानको चपेटामा परेको छ । कमला नदी, मरिण, चँदाहा, जिर्घा, खहरेलगायतका खोलामा आएको बाढीले किसानको खेत कटान गरेको स्थानीयले बताएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
डोटीका दुई वटा पालिकासँग सीमा जोडिएको महाभारत पर्वतमा अवस्थित गन्यापधुरा गाउँपालिकाको मुकाम बडालमा खानेपानी पुर्याइएको छ तर खानेपानी पुर्याइए पनि काम गरेका मजदुर र निर्माण सामग्री खरिदबापतको करिब २५ लाख रुपियाँ तिर्न अझै बाँकी छ ।
नेपाल भारत सीमा नाकासँग जोडिने पुल वर्षौदेखि निर्माण हुन नसक्दा सर्वसाधारणले आवतजावत गर्न सास्ती ब्यहोर्नु परेको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा विकास निर्माणसहित विभिन्न क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको हो ।