जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो ।
कालीकोटको दुर्गम बस्तीमध्ये एक बद्रिगाउँ अहिले तरकारी उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । पहाडी भू–भागको अति कडा भौगोलिक चुनौतीबिच बद्रिगाउँका किसानले व्यवसायिक तरकारी खेतीलाई आय–आर्जनको प्रमुख स्रोत बनाएका छन् ।
मानव सभ्यताको विकासक्रममा हामीले भौतिक पूर्वाधार र प्रविधिमा अकल्पनीय फड्को मारेका छौँ । के हाम्रो चेतना र संवेदनाले पनि उही गतिमा फड्को मारेको छ त ? यो प्रश्नको उत्तर खोज्दा हामी बारम्बार लज्जित हुनुपर्ने अवस्था आउँछ । विशेष गरी जब आधा आकाश ओगट्ने
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकाले जितेको छ । शनिबार सम्पन्न १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी बागलुङ नगरपालिकाले जितेको हो ।
विद्यालय शिक्षामा सबै बालबालिकाको पहुँच र निरन्तरता सुनिश्चित गरी गुणस्तर अभिवृद्धि गर्न लोक कल्याणकारी राज्यको अवधारणा अनुरूप सरकारी तवरबाट विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यसमध्ये विद्यालय दिवा खाजा कार्यक्रम पनि एक हो ।
पुतलीबजार नगरपालिकाले नौ हजार ५२० वटा कुखुराका चल्ला वितरण गरेको छ । नगरपालिकाका १४ वडामध्ये वडा नं –११ बाहेक सबै वडाका ९९८ जनालाई चल्ला तथा दाना वितरण गरेको हो ।
१०० वर्ष अघिको गोर्खापत्र
ताप्लेजुङमा ऐतिहासिक पुसे मेला यो वर्ष पनि सञ्चालन हुने भएको छ । आगामी पुस १ देखि ५ गतेसम्म मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकाको संगम स्थलमा रहेको ताप्लेजुङको दोस्रो ठुलो बजार दोभान बजारमा सञ्चालन हुने भएको हो ।
निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आइतबार विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ ।
। उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत नै शासन सञ्चालन हुने अवस्था स्थापित गर्न साझा प्रतिबद्धताको आवश्यकता औँल्याउनुभएको छ ।
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न धेरै सघाउ पुर्याएको बताउनुभएको छ ।
सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गर्नुभएको छ ।
मोरङमा सञ्चालित साना तथा लघुउद्योग धमाधम बन्द हुन थालेपछि यहाँ स्वरोजगार र स्थानीय उत्पादन क्षेत्र सङ्कटमा परेको छ । आर्थिक शिथिलता र अस्थिरताका कारण नयाँ उद्योग दर्तामा भारी गिरावट आएको छ भने सञ्चालनमा रहेका उद्योग पनि बन्द हुन थालेका छन् । यसले सामान्य नागरिकको आयआर्जन र रोजगारीमा गम्भीर असर पु¥याएको छ ।
अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ ।