यस वर्ष मुस्ताङको प्रमुख उत्पादन स्याउ हिन्दु महिलाको पर्व हरितालिका तिजअगाडि नै बजारमा आउने भएको छ । विगतका वर्षको तुलनामा यस वर्ष छिटो स्याउ पाकेपछि उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) गाला जातको स्याउ यही भदौ ५ देखि टिप्न पाइने भएको हो ।
गुल्मीको इस्मा गाउँपालिकाको आसपासमा फोन नलाग्ने समस्याले यहाँका स्थानीयहरूले हैरानी खेप्नुपरेको छ । गाउँपालिका–१ र २ का बस्तीहरूमा टेलिकमको सेवा सहज नहुँदा यहाँका स्थानीय नागरिकहरू सञ्चार सेवाबाट वञ्चित बन्न पुगेका हुन् ।
हरिहरपुरगढी गाउँपालिका–२, झनझने निवासी किसान कमल राई गाउँमा धमाधम लिफ्ट सिँचाइ योजना निर्माण भएसँगै हर्षित हुनुहुन्छ । उक्त योजना निर्माणसँगै आफूसँग भएको १० कट्ठाभन्दा बढी खेतमा बाह्रै महिना सिँचाइ सुवि
नेपाल–भारत सीमावर्ती नाका रुपन्देहीको बेलहियाबाट प्रहरीले हजारौँ नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका भारत, कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई होटेलमा कोठा लिने क्रममा नियन्त्रणमा लिइएको हो ।
महोत्तरीको उत्तरी भेगमा परेको वर्षाले चुरे क्षेत्रका वस्तिहरुलाई जोखिममा पारेको छ । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण चुरे भेगका पाँच वटा वडाका दर्जनभन्दा बढी वस्ति जोखिममा परेको वडाध्यक्षहरुको भनाइ छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा गाउँपालिकामा भगवान् गौतम बुद्धको ८४ फिट अग्लो प्रतिमा निर्माणलाई तीव्रता दिइएको छ ।
भरतपुर महानगरपालिकाले आठ वर्षको अवधिमा एक हजार ६५० किलोमिटर सडक कालोपत्रे गर्न सफल भएको छ । महानगरले उज्यालो भरतपुर अभियान अन्तर्गत २३० किलोमिटर मुख्य सडक क्षेत्रमा स्मार्ट लाइटसमेत जडान गरिरहेको छ ।
सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा उत्कृष्ट नतिजा ल्याएका स्थानीय तह घोषणा गर्दै सम्मान गर्ने भएको हो ।
कर्णाली नदीले तीव्र रूपमा कटान सुरु गरेपछि बर्दियाको राजापुर नगरपालिका–४, दलैघाट क्षेत्रका बस्ती उच्च जोखिममा परेका छन् । नदी कटान रोक्न स्थानीयवासीसँगै नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले समेत श्रमदान गरेर अस्थायी तटबन्ध निर्माण कार्य थालेका छन् ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार लालपूर्जा वितरण सुरु गर्नुभएको हो ।
कर्णाली प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
कर्णाली प्रदेश विकास समस्या समाधान समितिको बैठकले विभिन्न मन्त्रालयस्तरमा देखिएका समस्या समाधानको निर्णय गरेको छ । सोमबार मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयले पहिचान गरेका विकाससम्बन्धी समस्यामाथि छलफल गरी ठोस निर्णय गरेको हो ।
अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरु । माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो ।
महोत्तरीको उत्तरी भेगमा परेको वर्षाले चुरे क्षेत्रका बस्तीलाई जोखिममा पारेको छ । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण चुरे भेगका पाँच वटा वडाका दर्जनभन्दा बढी बस्तीमा कतै आवागमन असहज र कतै ठ
यहाँका किसान मकैबाली जोगाउन रातदिन खेतबारीमै चौकीदार बस्ने गरेका छन् । जाजरकोटका सात वटा स्थानीय तहका किसानले लगाएको मकैबाली जङ्गली जनावरले नष्ट गर्न थालेपछि खेतबारीमा बस्ने गरेका हुन् ।