मानव बस्ती छेउमा अस्फाल्ट प्लान्ट (सडक कालोपत्रे गर्न आवश्यक अलकत्रासँग मिसाएर गिट्टी, बालुवा पकाउने उद्योग) राखेको भन्दै मोरङ, कानेपोखरी–५ को सचेत नागरिक समूहले प्लान्ट तत्काल बन्द गर्न माग गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलालीमा मतदान स्थल अनुगमनलाई तीव्र बनाइएको छ । जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका मतदान स्थल र सुरक्षासम्बन्धी जानकारी लिनुका साथै सुरक्षा योजना निर्माणका लागि भन्दै अनुगमन तीव्र बनाइएको हो ।
खानेपानी योजनाका लागि गएको पाँच वर्षदेखि दुई करोड ९९ लाख रुपियाँ बजेट आए पनि बैतडी मेलौलीका ४२५ घरपरिवारका लागि खानीपानी आएको छैन । खानेपानी योजना बनाउन सङ्घ र प्रदेश सरकारबाट गएको पाँच वर्षदेखि लगातार बजेट आए पनि स्थानीयवासीको पानी खाने धोका पूरा हुन सकेको छैन ।
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसबाट अधिकांश पुरानै अनुहार उम्मेदवार हुने भएका छन् । कर्णाली प्रदेशका १० वटै जिल्लामा कांग्रेसका उम्मेदवार छनोट भएका छन् । पहिलो चरणमा हरेक निर्वाचन क्षेत्रबाट प्रस्तावित उम्मेदवारको नाम सिफारिस गरिएको छ । क्षेत्रीय समितिले निर्णय गरेर जिल्लालाई नाम पठाउँदा अधिकांश पुरानै अनुहार दोहोरिएको कांग्रेसका स्थानीय नेताले गुनासो गर्नुभयो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७, उजैनीमा दर्ता नगरी सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक र मिष्ठान भण्डार कारबाहीमा परेका छन् ।
बाढीपहिरोलगायतका विपत्जन्य घटनाबाट घरबास गुमाएका बाह्रबिसेका विपत्पीडितका नयाँ घर पुनर्निर्माण भएको छ । विपत्जन्य घटनाले घरबास गुमाएकाम
प्रतिनिधि सभा सदस्यका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेलधुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आठौँ पटक चुनाव लड्ने सम्भावना बढेको छ । २०४८ सालदेखि चुनाव जित्दै आउनुभएका सभापति देउवा आठौँ पटक त्यहाँबाट चुनाव लड्ने तयारीमा रहनुभएको जिल्लाका नेताहरू बताउनुहुन्छ ।
बहुप्राविधिक आवाशिय शिक्षालय निर्माणका लागि त्रिभुवन माविमा जारी महायज्ञमा दुई करोड रकम सङ्कलन भएको छ । पवित्र उद्देश्य राखेर गरिएको महायज्ञमा भक्तजनको उत्साजनक सहभागिता जुटेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
पुतलीबजार नगरपालिकाको आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रोशनी आवासीय माध्यमिक विद्यालयले जितेको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१,छोसेरका ६३ वर्षीय मिग्मा गुरूङसँग अहिले तीनवटा लुलु गाई छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९ बजे महाधिवेशनको पार्टी ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा बैठक बोलाइएको जानकारी दिनुभयो ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मिलको फित्तामा अल्झिएर एक जना वृद्धको मृत्यु भएको छ ।