सर्लाहीका दुईवटै इलाका प्रशासन कार्यालय नायब सुब्बाको भरमा सञ्चालन भइरहेका छन् । यि दुवै कार्यालयमा शाखा अधिकृत कार्यालय प्रमुख रहने गरी दरबन्दी छ ।
नेपाल भ्रष्टाचार हुने मुलुकमै पर्छ । सुशासन मापन गर्ने विश्वका अनेक संस्थाले निकाल्ने प्रतिवेदनमा नेपालको सुनाम आउन सकेको छैन । समयमा काम नहुने ठुलै व्यथा छ । ठुला आयोजना निर्धारित समयमा सम्पन्न हुँदैनन् । निरन्तर लागत बढाइरहने गरिन्छ ।
आमाहरुले समस्या बल्झिएपछि मात्रै पाठेघरको उपचार खोज्दै स्वास्थ्य संस्था आउँदा क्यान्सरको जोखिम बढेको छ । योे समस्याबाट ३० देखि ६० वर्षसम्मका आमाहरु बढी पीडित छन् ।
धेरै मेहनतपछि नेपालको संविधान जारी भएको विचार धेरै पटक धेरै ठाउँमा व्यक्त भएका छन् । यस सम्बन्धमा फेरि चर्चा गरिरहन आवश्यक भएन । सार कुरा यो संविधान नेपाली जनताले नेपाली जनतामा निहित रहेको सार्वभौमसत्ता प्रयोग गरेर जारी गरिएको हो ।
उत्पादनका साधनलाई सामूहिक तथा सार्वजनिक स्वामित्व अन्तर्गत ल्याएर शोषणमूलक पुँजीवादी अर्थतन्त्रको ठाउँमा समाजवादी अर्थतन्त्रको जग बसाउँदै तदनुरूपको राजनीतिक व्यवस्था र संस्कृतिको विकास गर्नु समाजवादको मूल आधार हो ।
जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो ।
कालीकोटको दुर्गम बस्तीमध्ये एक बद्रिगाउँ अहिले तरकारी उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । पहाडी भू–भागको अति कडा भौगोलिक चुनौतीबिच बद्रिगाउँका किसानले व्यवसायिक तरकारी खेतीलाई आय–आर्जनको प्रमुख स्रोत बनाएका छन् ।
मानव सभ्यताको विकासक्रममा हामीले भौतिक पूर्वाधार र प्रविधिमा अकल्पनीय फड्को मारेका छौँ । के हाम्रो चेतना र संवेदनाले पनि उही गतिमा फड्को मारेको छ त ? यो प्रश्नको उत्तर खोज्दा हामी बारम्बार लज्जित हुनुपर्ने अवस्था आउँछ । विशेष गरी जब आधा आकाश ओगट्ने
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकाले जितेको छ । शनिबार सम्पन्न १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी बागलुङ नगरपालिकाले जितेको हो ।
विद्यालय शिक्षामा सबै बालबालिकाको पहुँच र निरन्तरता सुनिश्चित गरी गुणस्तर अभिवृद्धि गर्न लोक कल्याणकारी राज्यको अवधारणा अनुरूप सरकारी तवरबाट विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यसमध्ये विद्यालय दिवा खाजा कार्यक्रम पनि एक हो ।
पुतलीबजार नगरपालिकाले नौ हजार ५२० वटा कुखुराका चल्ला वितरण गरेको छ । नगरपालिकाका १४ वडामध्ये वडा नं –११ बाहेक सबै वडाका ९९८ जनालाई चल्ला तथा दाना वितरण गरेको हो ।
१०० वर्ष अघिको गोर्खापत्र
ताप्लेजुङमा ऐतिहासिक पुसे मेला यो वर्ष पनि सञ्चालन हुने भएको छ । आगामी पुस १ देखि ५ गतेसम्म मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकाको संगम स्थलमा रहेको ताप्लेजुङको दोस्रो ठुलो बजार दोभान बजारमा सञ्चालन हुने भएको हो ।
निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आइतबार विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ ।
। उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत नै शासन सञ्चालन हुने अवस्था स्थापित गर्न साझा प्रतिबद्धताको आवश्यकता औँल्याउनुभएको छ ।