काभा महिला नेसन्स लिग भलिबल आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म काठमाडौँको टुँडिखेलमा हुने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका विदेशमन्त्री वाङ यीबिच आज नयाँ दिल्लीमा सौहार्दपूर्ण भेटवार्ता सम्पन्न भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बुधबार “विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)” स्वीकृत गर्दै यसको सुरुवात गर्नु भएको हो ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली महिलाहरुको आफ्नै सङ्घर्षले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भृकुटीमण्डपमा जारी ‘नाडा अटो साे’ को अवलोकन गर्नुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दैलेखमा बढ्दो चट्याङको समस्या, सडक अवरुद्ध, वन्यजन्तुको आक्रमणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
गत आर्थिक वर्षबाट मकवानपुरको राक्सिराङ गाउँपालिकाले व्यवस्थापन गरेको नगर प्रहरीको कार्यसम्पादन सिर्जनात्मक र प्रभावकारी देखिएको छ ।
युरोपेली आयोग अन्तर्गतको संयुक्त अनुसन्धान केन्द्रका अनुसार, यस वर्ष युरोपेली सङ्घका विभिन्न देशहरूमा हालसम्म करिब आठ लाख ९५ हजार हेक्टर जमिन डढेलोबाट नष्ट भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग तनहुँको एक क्याम्पसमा अध्ययरत विद्यार्थीले बुधबार भेटघाट गर्नुभएको छ। तनहुँको सदरमुकाम दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा अध्ययनरत बिबिए चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थी र प्राध्यापकको टोलीले भेटघाट गरेका हुन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ७० अङ्कले घटेर दुई हजार ७६७ दशमलव २० को विन्दुमा कायम भएको छ ।
हालैको १२ दिने युद्धमा प्रयोग गरिएका भन्दा बढी क्षमताका मिसाइल विकास गरेको घोषणा गर्दै इरानले बुधबार कुनै पनि नयाँ इजरायली आक्रमणका लागि तयार रहेको बताएको छ ।
दिल्ली प्रहरीले बुधबार बिहान दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि सार्वजनिक गुनासो सुन्दै गर्दा शारीरिक दुव्र्यवहार गरेको आरोपमा ४१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका–२, पुनर्वासमा क्षयरोगीको उपचार र नयाँ क्षयरोगी पत्ता लगाउन स्वास्थ्यकर्मी घरघरमै पुग्न थालेका छन् ।
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । भदौ २ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक गर्नुभएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानले आज 'तमू कए' नामक गुरुङ भाषाकाे पत्रिका लोकार्पण गर्ने कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले बसाइसराइका कारण जनजाति समुदायमा पनि गुरुङ समुदायको भाषा र संस्कृति लोप हुने खतरा बढ्दै गएको बताउनुभएकाे हाे ।