पहिरोका कारण अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक पहिरो पन्छाएर चार दिनपछि बुधबार बिहानबाट सुचारु भएको छ ।
आंशिक प्राध्यापकहरूको मागलाई त्रिभुवन विश्वविद्यालयले बेवास्ता गरेपछि सुरु भएको आंशिक प्राध्यापकहरूको चरणबद्ध आन्दोलन बुधबारसम्म जारी रहेको छ । आन्दोलनका कारण पाँच दिनदेखि क्याम्पसमा पठनपाठन पूर्ण रुपमा ठप्प रहेको छ ।
बाजुराको त्रिवेणी नगरपालिका–५ मा रहेको रामेश्वरी माविमा खानेपानीको चरम अभाव भएको छ । सो विद्यालयमा विगत छ वर्षदेखि खानेपानीको समस्या हुँदै आएको भए पनि अहिलेसम्म कतैबाट त्यो समस्या समाधान भएको छैन ।
बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीस्थित सिधनियाघाटमा पक्कि पुल निर्माण कार्यमा करिब ५० प्रतिशत प्रगति भएको छ ।
नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका – ६ बस्ने २१ वर्षीय विमल चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
पूर्व–पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ९ ज्यामिरेमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
केचना–कञ्चनजङ्घा (मेची काेरिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गर्नुभयो ।
धनकुटामा अन्तर्राष्ट्रिय स्तरको ग्लोबल मेगा रक्तदान अभियानअन्तर्गत ग्वोबल मेगा रक्तदान शिविर सञ्चालन गरिने भएको छ ।
लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ ।
सप्तरीको महादेवा गाउँपालिका–२, महादेवा टोलका २२ वर्षीय लालु मण्डल आफ्नै घरको सुत्ने कोठामा मृत फेला परेका छन् ।
उम्सो गर्मीसँगै बिचबिचमा हुने वर्षाले गर्दा हाल आएर मौसमको चपेटामा परि बाँके जिल्लामा फेरी भाइरल ज्वरोका बिरामीहरु बढेका छन् । सो भाइरलबाट बालबालिका सबैभन्दा बढी पीडित भएको पाइएको छ ।
सप्तरीको राजगढ गाउँपालिकाका एकजना वडा अध्यक्षको निधन भएको छ । गाउँपालिका वडा नम्बर ५ मलेकपुरका अध्यक्ष दुःखीलाल भनिने देबेन्द्र साहको मंगलबार राति उपचारको क्रममा निधन भएको हो ।
सूचनाको हकबारे नागरिकस्तरमा व्यापक रुपमा जनचेतना जागृत गर्ने उद्देश्यले विद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको छ ।
बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै उहाँ काठ काट्ने औजार लिएर घर बाहिर मादल बनाउन राखिएको काठको घार मिलाउनुहुन्छ । त्यसपछि तयार भएको मादलमा खरी लगाउने, सुकाउने र डोरी कस्नुहुन्छ ।
युवालाई रोजगारी र सिपसँग जोड्न गण्डकी प्रदेशका १० स्थानमा ‘करियर बुथ’ स्थापना गरिएको छ । काठमाडौँ विश्वविद्यालय र इटिएच जुरिचको साझेदारीमा सञ्चालन भइरहेको शिक्षा प्रणाली कार्यशाला (आइल्याब) नेपाल कार्यक्रम अन्तर्गत गण्डकीका १० स्थानमा बुथ स्थापना गरिएको हो ।