चेल्सीले जित्यो फिफा क्लब विश्वकप उपाधि
अमेरिकाको न्यु जर्सीस्थित मेट लाइफ रङ्गशालामा आइतबार राति भएको फाइनल खेलमा चेल्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३–० गोलले हरायो ।
सरकारको एक वर्ष : आर्थिक सूचक सकारात्मक
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस र नेकपा एमाले सम्मिलित गठबन्धन सरकारको एक वर्षे अवधिमा आर्थिक सूचकहरू सकारात्मक देखिएको बताउनु भएको छ ।
धनकुटाको साँगुरीगढिमा ५ जनालाई जग्गा धनीपुर्जा वितरण
धनकुटाको साँगुरीगढी गाउँपालिकाका ५ जना भूमिहीन सुकुम्बासीहरुलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ ।
पुलको अधुरो मर्मतले बढायो जोखिम
कैलालीको कैलारी गाउँपलिकास्थित घुरहा नदी पुलको अधुरै मर्मत गरेर जोखिम बढाएको स्थानीयले आरोप लगाएका छन् ।
भरतपुर अस्पतालमा मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
मानसिक रोगको उपचारपछि पुनर्स्थापनासहित जनचेतना बढाउने उद्देश्यले भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ ।
पिकअपसँग जुध्दा मोटरसाइकलमा आगलागी, सिपाहीसहित पाँच घाइते
सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, बाँके चोक नजिक सोमबार रेल्वे ट्रयाकमा पिकअप र मोटरसाइकल जुध्दा पाँचजना घाइते भएका छन् ।
रातो मच्छिन्द्रनाथको मन्दिर
ललितपुर महानगरपालिका–२२ स्थित बुङ्गमतीमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर ।
मध्यपश्चिम विश्वविद्यालयको बजेट स्वीकृत
मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७औँ सभा बैठकले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि रु एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको छ ।
राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएकाे छ । उहाँले दुवै सदनबाट पारित भएर आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय शीतल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिनुभएकाे हाे ।
दाउन्नेमा यात्रुलाई सास्ती, व्यापारी निराश
निर्माण सुरु भएको लामो समय बित्दासमेत दाउन्ने–बुटवल सडकखण्ड फराकिलो बनाउने कार्य पूरा हुन नसक्दा यात्रुले सास्ती खेप्नुपरेको छ ।
ताप्लेजुङमा ३९.६३ प्रतिशत धान रोपाइँ
ताप्लेजुङमा ३९.६३ प्रतिशत रोपाइँ भएको छ । यो वर्षको असार २९ गते सम्ममा ताप्लेजुङमा ३९.६३ प्रतिशत धान रोपाइँ भएको हो ।
किन घट्यो पूर्वमा धान रोपाइँ ?
नेपालको पूर्वी क्षेत्रमा धान रोपाइँ गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य रुपमा घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृृषि विभागका अनुसार यही असार २९ गतेसम्म गत वर्षको तुलनामा यस वर्ष कोशी प्रदेशमा २० दशमलव ४ प्रतिशत विन्दु र मधेस प्रदेशमा २७ दशमलव ७ प्रतिशत विन्दु कम रोपाइँ भएको छ ।
इन्डोनेसियाको पूर्वी तटमा ६.७ म्याग्निच्युडको भूकम्प
पूर्वी इन्डोनेसियामा सोमबार ६.७ म्याग्निच्युडको भूकम्प गएको तर सुनामीको खतरा नभएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले बताएको छ ।
इजरायली आक्रमणका क्रममा इरानी राष्ट्रपति पेजेस्कियानलाई चोट लागेको दावी
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकलाई लक्षित गरी गत जुन १५ मा तेहरानमा भएको इजरायली हवाई आक्रमणका क्रममा इरानका राष्ट्रपति मसूद पेजेशकियान सामान्य घाइते भएको अलजजिराले जनाएको छ ।
धरान चतरा सडक खण्डका तीन पुल निर्माण
धरान–चतरा सडक खण्डमा पर्ने तीन वटा पुल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत रहेको सडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा पुल निर्माणा गरिएको हो ।
निरोगी नेपाल अभियानलाई सार्थक बनाऔँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गर्नुभएको छ ।
अमेरिकाले युक्रेनलाई प्याट्रियट एयर डिफेन्स सिस्टम पठाउने ट्रम्पको घोषणा
युक्रेनमा मस्कोको युद्धलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति फेरि असन्तुष्टि व्यक्त गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार वासिङ्टनले किएभमा प्याट्रियट एयर डिफेन्स सिस्टम पठाउने र रुसमाथि नयाँ प्रतिबन्ध लगाउने सङ्केत गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सुरुभएको हो ।
देश बनाउन नेताहरू नै पहिला इमान्दार हुनुपर्छ : सांसद डा शेखर कोइराला
मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसका नेता डा शेखर कोइराला मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुन्छ ।
पृतनापति ट्रफीः ८४ पदकसहित श्री नं. १८ बाहिनी अड्डा पहिलो
पूर्वीपृतना मुख्यालय, इटहरीमा आयोजित ‘पृतनापति ट्रफी, २०८२’ कुल ८४ पदकसहित श्री नं १८ बाहिनी अड्डा पहिलो भएको छ । श्री नं १८ ले ३२ स्वर्ण, २२ रजत र ३० कास्य पदक प्राप्त गरी पहिलो भएको हो ।
पर्यटक लोभ्याइरहने घान्द्रुक, गुरुङ समुदायको जीवन्त सङ्ग्रहालय
जब प्रकृति, संस्कृति र आतिथ्यता एकै ठाउँमा भेटिन्छन्, त्यहाँ पुग्ने पर्यटकले पनि अलौकिक आनन्दको अनुभूति गर्छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक पनि यस्तै प्रकृति, संस्कृति र आतिथ्यताको संगम हो भन्दा फरक पर्दैन ।
आधुनिक रोग निदानका आधारः परम्परागत खाद्यबाली
आजकल चिकित्सकहरूले एकै स्वरमा भन्न थालेका छन्, “आधुनिकताका नाममा बिर्सिंदै गएका हाम्रा परम्परागत अन्न र रैथाने खाद्यबाली नै आजकालका डरलाग्दा रोग निदानका आधार हुन सक्छन् ।
सवारी दुर्घटना न्यूनीकरण गर्न ‘ट्याक्टर बहस’
बैतडी जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका उद्देश्यले ‘ट्याक्टर बहस’ सञ्चालन गरिएको छ ।
मुख्यमन्त्री र राष्ट्रसङ्घीय खाद्य प्रतिनिधि सिमिजुबिच भेटवार्ता
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबिच सोमबार भेटवार्ता भएको छ ।