देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्यो : सांसद शर्मा
राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले देश झनै गरिबीको खाडलमा गइरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको मङ्गलबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘छाउगोठ भत्काउन अभियान थालौँ’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद रेणु चन्दले छाउपडी प्रथाको अन्त्यका लागि छाउगोठ भत्काउने अभियान थाल्न आग्रह गर्नुभएको छ । उहाँले यसका लागि तीनै तहको सरकार, नागरिक समाज र सरोकारवाला सबैसँग अपिल गर्नुभएको छ ।
बागमती ड्यामले धान रोपाइँ सहज
सर्लाहीको बागमती नगरपालिका-११, कर्मैया र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने बागमती ड्याम । यस ड्यामबाट निकालिएको नहरबाट दुवै जिल्लामा सिँचाइ हुँदै आएको छ ।
तुइनबाट खसेर महाकाली नदीमा एक जना बेपत्ता
दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जना पुरुष बेपत्ता भएका छन् ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यलयबाट प्राप्त प्रमाणीकरण सम्बन्धी पत्रको बेहाेरा पढेर सुनाउने गर्नुहुने कार्यसूची रहेको छ। यसैगरी, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पौडेलले 'सार्वजनिक लेखा समितिको २३ औँ वार्षिक प्रतिवेदन, २०८२' पेस गर्नुहुने कार्यक्रम रहेको छ।
अमेरिकामा भानुभक्तको योगदानको चर्चा
नेपाली भाषाका नक्षत्र आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती नर्थ क्यारोलिनाको रालेमा सम्पन्न भएको छ ।
मधुश्रावणी पूजा सुरू
सप्तरीसहित तराई मधेशका नव विवाहित महिलाले १५ दिनसम्म गर्ने मधुश्रावणी पूजा मङ्गलबारदेखि सुरू भएको छ ।
संविधान संशोधन अल्पमत र बहुमत नभई आमसहमतिको विषय हो : उपप्रधानमन्त्री पौडेल
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पछिल्ला चार निर्वाचनमा रूपन्देही जिल्लाबाट लगातार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष समेत रहनुभएका अर्थमन्त्री पौडेल त्यसअघि २०५१ सालमा पाल्पा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो ।
सुदूरपश्चिम विश्वविद्यालयको एक अर्ब ५४ करोड बजेट स्वीकृत
सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारणसभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ ।
वालिङमा मोसो बाँसको १५०० बिरुवा रोपियो
सौन्दर्य वृद्धि, व्यावसायिक उपयोग, र भूस्खलन नियन्त्रण गर्ने उद्देश्यले वालिङमा १५०० मोसो बाँस रोपिएको छ ।
बिमामा आबद्ध भएको एक महिनामा उपचार सुविधा
बिमितले साउन १ गतेबाट स्वास्थ्य बिमामा आबद्ध भएको एक महिनापछि उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्य बिमा बोर्डले साउन १ गतेदेखि लागु हुनेगरी सेवा सुविधा लागु हुने समय छोट्याउन निर्णय गरेको छ । यो निर्णयसँगै बिमितले एक महिनाको अन्तरमा उपचार सुविधा पाउने भएका हुन् ।
सिँचाइ आयोजनाबाट पानी आएपछि कृषक उत्साहित
अन्न भण्डारको रूपमा परिचित बागलुङ नगरपालिका –१३, बलेवाको दम्कफाँटमा लिफ्ट सिँचाइ आयोजनाबाट पानी आउन थालेपछि किसान उत्साहित भएका छन् ।
खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले स्रोत साधन परिचालन गर्ने
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुक्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले स्रोत साधन परिचालन गर्ने बताउनुभएको छ ।
सिनाम माध्यमिक विद्यालयले कक्षा ११ र १२ निःशुल्क पढाउने
ताप्लेजुङको सिनाम माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा निःशुल्क पढाउने भएको छ । सिरिजङ्घा गाउँपालिका–१, मा रहेको उक्त विद्यालयले निःशुल्क पढाउने भएको हो ।
कालीगण्डकी नदीमा बेलिब्रिज जडान
यहाँको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो ।
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
हराउँदै रोपाइँको असारे परम्परा
पहिले बर्खा लागेसँगै गाउँ–गाउँमा बेग्लै रौनक हुन्थ्यो । गाउँभरीका मान्छे भेला भई रोपाइँसँगै नौमती बाजा बजाएर असारे भाकामा दोहोरीसहित बेठी लगाउँदै धान रोपाइँ गर्ने चलन रहेको थियो । भकारी बाँध्ने चलन थियो । असारे भाका गुन्जन्थे ।
सांस्कृतिक सम्पदामा उम्रिएको रूख
पाटन कृष्ण मन्दिरसँगैको सांस्कृतिक सम्पदामा उम्रिएको रूख ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा तालाबन्दी
म्याग्दी सदरमुकाम बेनीस्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा ताला लगाइएको छ ।
अर्कैसँग बिहे गरेको रिसमा श्रीमतीको हत्या
प्युठानमा आफन्तको घर बस्न गएका एक महिलाको आफ्नै पूर्व श्रीमानले हत्या गरेको घटना सार्वजनिक भएको छ । सरुमारानी गाउँपालिका –३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको पूर्व श्रीमान लिलबहादुर बरालले चक्कु प्रहार गरी हत्या गरेका हुन् ।
लागुऔषधसहित एक जना पक्राउ
कैलाली प्रहरीले नौ ग्राम ३५० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित एक युवकलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ भन्सार क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो ।
मन्त्री गुप्ताद्वारा राजीनामा
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिनुभएको हो ।
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने रु. ४० ले घटेको छ ।
चैनपुरवासीले पाए २३ वर्षपछि लालपुर्जा
आगलागीमा नष्ट भएका अभिलेखका कारण २३ वर्षदेखि लालपुर्जाबाट वञ्चित सङ्खुवासभा चैनपुरका स्थानीयले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका छन् ।