‘सैन्य कलेज’ मा विदेशी सैनिकको आकर्षण
भौगोलिक तथा पर्यावरणीय विशिष्टता, रणनीतिक, व्यावहारिक तालिम तथा अध्ययनका लागि शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज पछिल्लो समय विकसित तथा सुविधासम्पन्न विदेशी मुलुकका सैनिक अधिकृतहरूको रोजाइको केन्द्र बन्दै गएको छ । कलेजमा हाल सञ्चालन भइरहेको सिसं ३३ कमान्ड तथा स्टाफ तालिममा नेपालसहित भारत, चीन, अमेरिका, बेलायत जस्ता विकसित तथा शक्तिराष्ट्र एवं बङ्गलादेश, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तान गरी १० विदेशी मुलुकका सैनिक अधिकृतसहित ९२ जनाको सहभागिता छ ।
लोकतन्त्र दिवस आज, युगीन यात्रा आरम्भ
नागरिकलाई सार्वभौम र देशलाई पूर्वलोकतान्त्रिक व्यवस्थामा प्रवेश गरी नवीन इतिहास निर्माण भएको दिन वैशाख ११ गते अर्थात् लोकतन्त्र दिवस । १९ दिनसम्म देशैभरि जागेका नागरिकले २४० वर्षदेखि शासन सत्तामा रहेको शाहवंशीय राजतन्त्र अन्त्य गरी २०६३ वैशाख ११ गते लोकतन्त्रको युगीन यात्रा आरम्भ भएको हो । शाह वंशका अन्तिम शासक ज्ञानेन्द्र शाहले जनताको रूपान्तरणको आकाङ्क्षासामु झुकेर २०५९ जेठ ८ गते विघटन गरेको संसद् पुनस्र्थापना गरेपछि नै लोकतान्त्रिक व्यवस्थाको अग्रगामी युग थालनी भएको हो । संसद् पुनस्र्थापनापछि २०६३ जेठ ४ गतेको बैठकबाट राजसंस्थाका सम्पूर्ण अधिकार खारेज गरेर कार्यकारी अधिकार प्रधानमन्त्रीमातहत ल्याएको थियो ।
ऊर्जा व्यापार रणनीति तयार
आगामी १० वर्षभित्र १५ वटा मुख्य जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत्को आन्तरिक खपत व्यापक गराउने र बच्ने विद्युत् निर्यात पनि बढाउने गरी सरकारले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ तयार पारेको छ । २०९२ सालभित्र नेपालमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरी १३ हजार पाँच सय मेगावाट देशभित्र खपत गराउने र १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य सो रणनीतिको छ ।
संविधान संशोधन बहसपत्र कार्यदल : प्रस्तावना र मर्म अपरिवर्तनीय
राजनीतिक दलका प्रतिनिधिले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले नेपालको संविधानको ‘प्रस्तावना’ लाई निर्देशनात्मक सिद्धान्तका रूपमा राखेर मात्र संविधान संशोधनको बहस चलाउनुपर्ने जिकिर गरेका छन् । कार्यदलका सदस्यले संविधानको प्रस्तावना र मर्मविपरीत गए संशोधनको मूूलभूत मुद्दा ओझेलमा पर्ने र विवाद निम्तिन सक्ने जिकिर गरेका हुन् । उहाँहरूले संविधानका आधारभूत विषय र मौलिक हक तथा तिनै अङ्गको प्रभावकारी कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने गरी संशोधनको विषयवस्तु छनोट गर्नुपर्ने सुझाव दिनुभएको छ ।
धुलोजन्य वायु प्रदूषण उच्च
नेपालको अधिकांश भू–भाग धुवाँ र धुलोजन्य वायु प्रदूषणले ग्रस्त बनेको छ । केही दिनयता बढेको सुक्खा तातोपनसँगै डढेलो उच्च हुँदा धुवाँ र धुलोजन्य वायु प्रदूषण उच्च बनेको हो । वायु प्रदूषणका कणमा आँखाले देख्न नसकिने पिएम–२५ (कणको मापन) भन्दा पनि मसिना कण वायुमण्डलमा बढ्दै गएकाले प्रदूषण उच्च बनेको वातावरण विभागले प्रस्ट पारेको छ । विभागले केही दिन अघिदेखि नै वातावरण प्रदूषणलाई लिएर उच्च सतर्कता अपनाउन अपिल गर्दै आएको छ ।
भोजपुर गोल्डकपः आयोजक भोजपुर फाइनलमा
नवौँ भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा गत वर्षको विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ फाइनलमा प्रवेश गरेको छ ।
थापाथली क्षेत्रका अतिक्रमित क्षेत्र खाली गर्न सुरक्षाकर्मीको माइकिङ
काठमाडौँको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरूबाट अन्यत्र सर्न सुरक्षाकर्मीले आज माइकिङ गरी सबैलाई अनुरोध गरेको छ ।
'लु'को शीघ्र प्रतिकार्य राष्ट्रिय कार्ययोजनामाथि सुझाव सङ्कलन
अत्याधिक गर्मी अर्थात् तातो हावाको लहर (लु) सम्बन्धी शीघ्र प्रतिकार्य राष्ट्रिय कार्यायोजना निर्माणका लागि सुझाव सङ्कलन गरिएको छ
सहज सडकमार्ग नहुँदा ओझेलमा ‘चमेरे गुफा’
जिल्लाको तुलसीपुर उपमहानगरपालिका-४ मुलकोटस्थित सिद्द चमेरे गुफासम्म पुग्ने सडकमार्ग सहज नहुँदा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न सकेको छैन ।
तमोर नदीले बगाएर बेपत्ता भएका बालक मृत फेला
तमोर नदीले बगाएर बेपत्ता भएका बालक मृतअवस्थामा भेटिएको छ ।
संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक सम्पन्न
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज सम्पन्न भएको छ।
डेढ महिनापछि यारी–हिल्सा सडक सञ्चालन, हिउँ पन्छाएपछि यातायात सञ्चालन
हुम्लाको उत्तरी क्षेत्र जोड्ने सिमकोट–हिल्सा सडकअन्तर्गतको यारी–हिल्सा खण्ड डेढ महिनापछि पुन: सञ्चालनमा आएको छ ।
‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जामन्त्री समक्ष पेस
‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३’ को प्रतिवेदन उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठसमक्ष पेस गरिएको छ ।
संकटालाई सडन डेथमा हराउँदै एपिएफ सेमिफाइनलमा
सडन डेथमा संकटा फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ महिला फुटबल क्लब झापामा जारी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गौरवका आयोजना कार्यान्वयनमा पूर्वाधार प्राधिकरणको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका गौरवका आयोजनाहरूको सफल कार्यान्वयनमा प्रदेश पूर्वाधार विकास प्राधिकरणले महत्वपूर्ण योगदान पुर्याएकाे बताउनुभएको छ ।
सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक बगैँचा’ अनिवार्य
मेरिङदेन गाउँपालिकाले आगामी शैक्षिक सत्र २०८३ देखि गाउँपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक बगैँचा’ कार्यक्रम अनिवार्य रूपमा लागू गर्ने भएको छ ।
परराष्ट्र मन्त्री खनाल र जोर्डनका उपप्रधानमन्त्री सफादीबीच टेलिफोन वार्ता
परराष्ट्र मन्त्री शिशिर खनाल र जोर्डनका उपप्रधानमन्त्री एवं परराष्ट्र तथा आप्रवासी मामिला मन्त्री आयमान सफादीबीच बिहीबार टेलिफोन वार्ता भएको छ ।
महान्यायाधिवक्ताविरुद्ध रिट निवेदनमा ‘कारण देखाउ आदेश’
महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उक्त रिट निवेदनमा कारण देखाउ आदेश गरेको हो ।
व्यवसायी शेखर गोल्छा नक्सालबाट पक्राउ
व्यवसायी शेखर गोल्छा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ पर्नुभएको छ ।
बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना
यहाँ अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ । मनसुनमा प्राकृतिक विपदबाट सम्भावित क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उक्त मनसुन प्रतिकार्य बेस स्थापना गरेको हो ।
छायाँनाथ अल्ट्रा रेस जेठमा
मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’ प्रतियोगिता आयोजना हुने भएको छ ।
सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण
पाल्पाको रामपुर नगरपालिकाले सशस्त्र प्रहरी बललाई उद्धार सामग्री हस्तान्तरण गरेको छ ।
लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य
लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको हो ।
ढोरपाटनमा हाप्किडो खेल शिविर
जिल्लाको ढोरपाटनमा नेपाल हाप्किडो संघ गण्डकी प्रदेश तथा बागलुङ जिल्ला हाप्किडो संघको आयोजनामा देशका सातै प्रदेशका खेलाडीबिच खुला प्रतिस्पर्धा तथा प्रशिक्षण शिविर सुरु भएको छ ।