अव्यवस्थित पार्किङले बढ्यो सवारी दुर्घटना
अव्यवस्थित तरिकाले सडकछेउमा गरिने सवारी पार्किङले बागलुङमा दुर्घटनाको जोखिम बढाएको छ । मध्यपहाडी लोकमार्ग छेउछाउमा शहरीकरण बढ्दै गएपनि सवारी पार्किङको व्यवस्था नहुँदा दुर्घटनाको जोखिम बढाएको हो ।
धरान र इटहरी उपमहानगरपालिकामा बजेट शून्यता
कोशी प्रदेशका इटहरी र धरान नगरपालिका आर्थिक वर्ष २०८२/८३ को पहिलो दिनदेखि नै बजेट शून्यताको अवस्थामा पुगेका छन् ।
आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४३ पैसा र बिक्रीदर १३८ रुपियाँ ०३ पैसा निर्धारण गरिएको छ ।
‘खल्ती बाई आइएमई’ को कारोबार सुरु
दुई वटा डिजिटल भुक्तानी सेवाप्रदायक आइएमई पे र खल्ती गाभिएर ‘खल्ती बाई आइएमई’ नामबाट एकीकृत कारोबार सञ्चालनमा आएको छ । नेपालमा दुई वालेटको यो पहिलो एकीकृत कारोबार हो ।
विकासका काम अब तीन ‘सिफ्ट’ मा
विकास आयोजनाको कार्यान्वयन गति बढाउन सरकारले दैनिक तीन ‘सिफ्ट’ मा काम हुने व्यवस्था मिलाउन सम्पूर्ण निकायलाई निर्देशन दिएको छ । बिहीबारदेखि सुरु नयाँ आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गर्दै अर्थ मन्त्रालयले आयोजनाको कार्यान्वयनमा तीव्रता ल्याउन त्यस्तो व्यवस्था मिलाउनुपर्ने निर्देशन दिएको हो । यसअघि गत आवमा आयोजनाको काम दैनिक दुई सिफ्टमा गर्नुपर्ने मार्गदर्शनमा उल्लेख थियो ।
गुल्मी प्रशासनमा पाँच करोडभन्दा बढी राजस्व सङ्कलन
जिल्ला प्रशासन कार्यालय गुल्मीले एक वर्षमा पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८१–०८२ मा जिल्ला प्रशासन कार्यालयमा विभिन्न शीर्षकबाट पाँच करोड ७८ लाख ७५ हजार ६८२ रुपियाँ ७८ पैसा राजस्व सङ्कलन भएको निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।
सम्मानजनक रोजगारी र आर्थिक वृद्धिमा धेरै चुनौती
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले नेपालमा सम्मानजनक रोजगारी र आर्थिक वृद्धिको यात्रामा धेरै चुनौती रहेको बताउनुभएको छ ।
बालाजु औद्योगिक क्षेत्रमा सूचना प्रविधि पार्क बनाइने
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बालाजुमा रहेको उद्योगलाई अन्यन्त्र सारी सूचना प्रविधि पार्क बनाउने बताउनुभएको छ ।
रसुवागढीमा बेलिब्रिज निर्माणको तयारी
असार २४ गते बिहान ३ बजे आएको भीषण बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुलको ठाउँमा दसैँअघि नै बेलिब्रिज निर्माण गर्न छलफल भएको छ ।
आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ महानगरको छात्रवृत्ति : परीक्षामा सोह्र हजार सहभागी हुँदै
काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययनका लागि सञ्चालन हुने प्रवेश परीक्षामा १६ हजार १३७ विद्यार्थी सहभागी हुने भएका छन् ।
सर्वोच्चमा एकचालिस प्रतिशत मुद्दा फर्स्योट
सर्वोच्च अदालतले ४१ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । २०८२ असार मसान्तसम्म सर्वोच्चमा अब २४ हजार मुद्दा बाँकी भएका छन् । जसमा दुई वर्ष नाघेका मुद्दा आठ हजार ९४८ थान छन् ।
एमाले सचिवालय बैठक : ७० बर्से उमेरहद हटाउने प्रस्ताव
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले विधान संशोधनको प्रस्ताव पारित गरेको छ । बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीभित्र ७० वर्षको उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव गरेको हो ।
१८५ पालिकाको पारित भएन बजेट
चालु आर्थिक वर्ष २०८२/८३ का लागि १८५ वटा स्थानीय तहले गाउँ र नगर सभाबाट निर्दिष्ट समयभित्र बजेट पारित गर्न सकेनन् ।
सुन्दर उत्तरपानीमा सन्नाटा
युरोपको गाउँ बस्तीको झल्को दिने साना र सुन्दर चिटिक्क परेका घर, पोखरी तथा वरिपरिको चिया बगान, डाँडाकाँडाबाट देखिने हिमाल र मनोरम भूदृश्य तथा शान्त वातावरण । करिब दुई दशकअघिसम्म धनकुटा उत्तरपानीको यो दृश्यले सबैलाई लोभ्याउँथ्यो । धनकुटा नगरपालिका वडा नम्बर १० र पाख्रीबास नगरपालिका वडा नम्बर ९ को सिमानामा पर्ने उत्तरपानी प्राविधिक शिक्षाका लागि मात्र नभएर एक समय धनकुटाकै मुख्य पर्यटकीय गन्तव्य थियो तर आज सुनसान छ ।
वन कोषको तीन अर्ब प्रयोगविहीन
वन विकास कोषमा तीन अर्ब रुपियाँ जम्मा भए पनि त्यो रकम रुख रोप्न, हुर्काउनलगायत वन क्षेत्रको विकास तथा संवर्धनमा प्रयोग हुन सकेको छैन । सो रकम छ वर्षदेखि प्रयोगविहीन छ ।
तुइनमुक्त प्रदेश बनाउने योजना
कर्णालीमा अझै पनि दर्जनौ तुइन रहेको पाइएको छ । प्रदेश सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने योजनाअनुरुप विवरण माग गरेको थियो । चालु आर्थिक वर्षमा कर्णालीलाई तुइनमुक्त बनाउने नीतिअनुरूप तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ ।
धुलिखेल–खावा सडक विस्तार गरिने
निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको साढे चार महिनापछि अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक विस्तारको लागि नयाँ ठेक्का (बोलपत्र) आह्वान भएको छ । सडक डिभिजन भक्तपुरले १४ महिनाभित्र काम सम्पन्न गर्ने गरी अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्ड विस्तारको लागि बिहीबार नयाँ बोलपत्र आह्वान गरेको हो ।
बादलको घुम्टोले छोपिएको भच्चेक बजार
तनहुँ, साउन १ गते । गोरखाको अजिरकोट गाउँपालिका ३ मा अवस्थित सिरानडाँडाबाट देखिएको बादलको घुम्टोले छोपिएको भच्चेक बजार र आसपासको दृश्य । छिनमै बदलिरहने मौसमले यस स्थानमा पर्यटकहरु आउने गर्दछन् । तस्बिर : रासस
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५० बनाउने विषयमा सहमति भएको छ ।
वालिङ–चापाकोट जोड्ने पक्की सडक
स्याङ्जाको वालिङ ७ केवरेस्थित वालिङ–चापाकोट जोड्ने पक्की सडक र सडकको आसपास खेतमा रोपिएको धान बाली ।
सेती नदी र आसपासको हेम्जाको दृश्य
पोखरा– २५ स्थित मेल्बोटबाट बिहीबार देखिएको सेती नदी र आसपासमा रहेको हरियाली हेम्जाको दृश्य ।
छ अर्ब राजस्व सङ्कलन, करदाता सहायता कक्ष सुरु
आन्तरिक राजस्व कार्यालय पोखराले अघिल्लो वर्षको तुलनामा यसपालि ५१ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा छ अर्ब आठ करोड ४६ लाख रूपैयाँ राजस्व सङ्कलन गरेको छ।
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ नयाँ गीत सार्वजनिक (भिडियो)
तीज गीतमा गायक महतलाई गायिका सुनिता दुलालले साथ दिनुभएको छ।