कैलालीमा नदीमा डुबेर दाजुभाईको मृत्यु
कैलालीको गौरीगंगामा नदीमा डुबेर सहोदर दाजुभाईको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–११ ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।
कामपाको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
काठमाडौँ महानगरपालिकाले शैक्षिकसत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आयोजित प्रवेश परीक्षामा १६ हजार १३७ विद्यार्थी परीक्षामा सहभागी हुन पाउने भएका छन् ।
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
कर्णालीको विशेष मौलिक पर्वका रूपमा लिने गरिन्छ साउने सङ्क्रान्ति, जुन दिन राँको बालेर लुतो फाल्ने गरिन्छ । मानव शरीर तथा समाजमा भएका सबैखाले विकृत चिजको विसर्जन गर्ने विम्बका रूपमा लुतो फाल्ने परम्परा मुलतः माथिल्लो कर्णालीका जिल्लाहरूमा विद्यमान छ ।
राहुघाटको म्याद तेस्रोपटक थपियो
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । राहुघाट म्याग्दीको बहुप्रतिक्षित आयोजना हो ।
खानेपानी विभागको वित्तीय प्रगति ९० प्रतिशत
खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले भर्खरै सकिएको आर्थिक वर्षको वित्तीय प्रगति आज सार्वजनिक गरेको छ । विभागले चालु आवमा ९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । विगतका वर्षको तुलनामा विभागले यसपटक उल्लेखनीय सुधार गरेको हो ।
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ ।
रुपन्देहीमा ६ अर्ब ७१ करोड बजेट फ्रिज
रुपन्देहीमा आर्थिक वर्ष २०८१/०८२ मा ६ अर्बभन्दा बढी बजेट फ्रिज भएको छ । समयमै काम गर्न नसक्दा जिल्लामा अख्तियारी पाएको मध्येबाट ६ अर्ब ७१ करोड ७९ लाख ८१ हजार रुपियाँ खर्च नभएर फ्रिज भएको हो ।
तनहुँका किसानलाई दूधमा अनुदानबापत रु ९७ लाख वितरण
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध उत्पादक किसानलाई रु ९७ लाख ४१ हजार ५३४ अनुदान वितरण गरेको छ । दुग्ध उत्पादक किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा ११ सहकारीमार्फत उक्त रकम वितरण गरेको हो ।
स्वास्थ्य बिमामा सुधार
लोकतान्त्रिक प्रणाली नागरिकको सर्वोपरि हितका निम्ति अग्रसर रहन्छ । विश्वका धेरै मुलुकमा शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, पिउने पानीलगायतका क्षेत्रमा राज्यले नागरिकको पहुँच विस्तार गर्न अनेकौँ सुविधाजनक व्यवस्था गरेको छ । नेपालको संविधानले लोककल्याणकारी राज्यव्यवस्थाको मर्मलाई पूर्णरूपेण आत्मसात् गरेको छ । शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई नागरिकको मौलिक हकमा समावेश गरेको छ । तथापि साधन र स्रोतका कमीका साथै कतिपय संस्थागत संर
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस हो । स्वतन्त्रता र शान्तिको संस्कृति निर्माणमा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले गर्नुभएको योगदानको कदर गर्दै सन् २००९ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो ।
निर्वाचनमा कृत्रिम बौद्धिकता
नेपालको संविधान जारी भएपश्चात् दोस्रो अवधिका लागि २०७९ सालमा तीन तहकै निर्वाचन सम्पन्न भए ।
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
लोकतन्त्रका प्रमुख चुनौती
वि. सं २०६२/६३ पछि जनताले सुशासन र रूपान्तरणको अपेक्षा गरेका हुन् ।
विपन्न गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा
सप्तरीको महदेवा गाउँपालिकाले विपन्न परिवारका गर्भवती महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२/०८३ को साउन १ गतेदेखि विपन्न परिवारका गर्भवती महिला तथा दुर्घटनामा परेका व्यक्ति लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।
औद्योगिकीकरणको आधार
मुलुकको आर्थिक विकासका लागि उद्योग क्षेत्र एक महत्वपूर्ण इन्जिन हो ।
रोजगारीको पर्खाइमा मुक्त कमैया
कमैया मुक्ति घोषणा भएको २५ वर्ष पुगेको छ ।
एकै वर्षमा सात लाख पर्यटकले घुमे मुस्ताङ
मुस्ताङमा एक वर्षको अवधिमा साढे सात लाखभन्दा बढी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । बेनी–जोमसोम–कोरला सडक, पोखरा–जोमसोम हवाई मार्ग तथा विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङला पास हुँदै गत आर्थिक वर्ष २०८१/०८२ मा स्वदेशी र विदेशी पर्यटक गरी सात लाख पाँच हजार ७७९ पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको पर्यटकको तथ्याङ्कले देखाएको छ ।
दस पालिकाको एक अर्ब २४ करोड बजेट फिर्ता
पाल्पाका दस स्थानीय तहको एक अर्ब २४ करोड ६१ लाख बजेट फिर्ता भएको छ । जिल्लाका दस स्थानीय तहका लागि विनियोजित कुल बजेट ६ अर्ब ८९ करोड १८ लाखमध्ये पाँच अर्ब ६४ करोड ५७ लाख रुपियाँ मात्र खर्च भएको छ ।
सम्बन्धमा अल्झिएको कथा ‘मेट्रो इन दिनो’
सम्बन्धको धागो सधैँ टिक्छ भन्ने हुँदैन ।
‘चमेलीको पोई’ को पोस्टर सार्वजनिक
चलचित्र ‘चमेलीको पोई’ को तीन वटा पोस्टर बुधबार सार्वजनिक गरिएको छ ।
किरणको एकल कला प्रदर्शनी
काठमाडौँस्थित म्युजियम अफ नेपाली आर्ट (मोना) मा कलाकार किरण मानन्धरको कला यात्रामा समर्पित ‘किरण’ को एकल विशेष कला प्रदर्शनी बिहीबारदेखि सुरु भएको छ ।
गीतमार्फत जनकविकेशरीको सम्झना
जनकविकेशरी धर्मराज थापाको १०१ औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइएको छ । जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानद्वारा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा लोकगीतको सङ्कलन, लेखनका साथै लोकगीत गाएर जनकविकेशरी धर्मराज थापालाई सम्झना गरियो ।
गण्डकीमा एकहत्तर प्रतिशत रोपाइँ
गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दो छ । बढ्दो सहरीकरण, प्लटिङ र ठुला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जमिन नासिँदै गएको हो ।
चैते धान खेती विस्तार
प्युठानमा चैते धान खेतीको क्षेत्र विस्तार भएको छ । नौ वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले चैते धान खेतीको प्रवर्धन थालेदेखि क्षेत्र विस्तार भएको हो ।