पूर्वपश्चिम राजमार्ग विस्तार सुस्त
गत पुस १७ गतेदेखि काम सुरु गरिएको पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत कमला–पथलैया खण्डको छ महिनामा १० प्रतिशत काम भएको छ ।
वनक्षेत्रको अतिक्रमण हटाइयो
डिभिजन वन कार्यालय धनुषाले करिब ३० हेक्टर अतिक्रमित वनक्षेत्र खाली गराएको छ । जिल्लाको विभिन्न ठाउँमा अवैध रूपमा बनाइएका घरटहरा, खेतीपाती तथा बाली हटाएर वनको स्वामित्वमा रहेको जमिन फिर्ता लिइएको हो ।
बर्दिबासमा आन्तरिक राजस्व कार्यालय, चार जिल्लाका करदातालाई सहज
बर्दीबासमा स्थापना भएको करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा स्तरोन्नति गरिएको छ ।
ज्यालादारी कर्मचारीलाई काममा नलगाउन निर्देशन
रौतहटको दुर्गा भगवती गाउँपालिकाले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई कामकाजमा नखटाउन मातहतका कार्यालय तथा शाखालाई निर्देशन दिएको छ । गाउँपालिकाले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय तथा शाखा प्रमुखलाई यस्तो परिपत्र गरेको हो ।
महानगरपालिकाको आयमा छैन सुधार
विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा ६२ करोड ७६ लाख रुपियाँ आम्दानी गरेको छ । गत वर्षका लागि एक अर्ब १० करोड ८६ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखिएको थियो ।
निःशुल्क सेवा बन्द गरेर उठाउन थालियो शुल्क
कोशी प्रदेशका विभिन्न यातायात व्यवस्था कार्यालयमा चिकित्सक परिचालनसम्बन्धी निर्णय विवादित बनेको छ । कानुनी प्रक्रिया मिचेर सवारीचालक अनुमतिपत्र वितरण गर्दै आएका यातायात कार्यालयले नयाँ चिकित्सक परिचालन गरेपछि विवाद चुलिएको हो ।
सप्तरीमा ३० प्रतिशत रोपाइँ
सप्तरीमा साउन पहिलो सातासम्ममा ७५ प्रतिशत रोपाइँ सकिसक्नुपर्नेमा यसपालि ३० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
मुद्दा फर्स्योटमा उल्लेख्य सुधार
उच्च अदालत पोखराले आर्थिक वर्ष २०८२/८३ मा ७८ प्रतिशतका दरले मुद्दा फस्र्योट गरेको छ । उच्च अदालतको तथ्याङ्क अनुसार मुद्दा फस्र्योटको दर यस वर्ष वृद्धि भएको पाइएको हो ।
गरियो मानव जातिको उन्नतिको कामना
पश्चिम बागलुङको ताराखोला गाउँपालिकामा मगर समुदायको बसोबास बाक्लो छ । यहाँको मगर समुदायले असारको काम सकेर मानव जातिको उन्नतिको कामना गर्दै असारे वा साउनेसङ्क्रान्ति पर्व धुमधामले मनाउने परापूर्वकालदेखिको परम्परा अझै जीवित छ ।
बालबालिकामा कुपोषण देखिँदै
पाल्पामा कुपोषित हुने बालबालिकाको सङ्ख्या हरेक वर्ष बढ्दो छ । स्वास्थ्य कार्यालय पाल्पाले अघिल्लो वर्ष जिल्लाभर २८ जना बालबालिकामा कडा खालको कुपोषण देखिएकोमा आव २०८१/८२ मा बढेर ४१ जनामा कडा खालको कुपोषण पुष्टि भएको जनाएको छ ।
भिरबाट लडेर एक युवाको मृत्यु
रुकुमपश्चिमको बाँफिकोटमा एक युवाको भिरबाट लडेर मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका १ माथिगाउँ निवासी ३३ वर्षीय अजय मल्लको गएराति भिरबाट लडेर मृत्यु भएको हो ।
मुक्त कमैयाको पीडा : न परिचयपत्र छ, न त लालपुर्जा
दुई दशकभन्दा बढी समय जमिनदारको घरमा कमैयाको जीवन बिताएका बाबुराम चौधरी कमैया मुक्तिको घोषणा हुँदा धेरै खुसी हुनुभएको थियो । घोराही उपमहानगरपालिका–१६ स्थित कमैया शिविरमा बस्दै आउनुभएका बाबुराम कमैयाबाट मुक्त भएको २५ वर्ष बितिसक्यो तर अहिलेसम्म पनि उहाँ लालपुर्जाको पर्खाइमा हुनुहुन्छ ।
लागुऔषधका घटना वृद्धि
२०८१ असोज २२ गते घोराही उपमहानगरपालिका–१८, मसिनाबाट प्रहरीले अफिम र चरेससहित तीन जनालाई पक्राउ ग¥यो । गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले मसिनास्थित बिनी पुनको डेरामा खानतलासी गर्दा ३८ किलो ९७२ ग्राम चरेस र ११ किलो १८० ग्राम अफिम बरामद गरेको थियो ।
पूर्वसूचना प्रणाली जडान
बर्दियाको गुलरिया नगरपालिका–१२ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र भैसाही गाउँलाई बाढीबाट जोगाउन नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बाढी पूर्वसूचना प्रणाली जडान गरिएको छ ।
सडकको खाल्टाखुल्टीले हैरानी
बर्दियाको गेरुवा गाउँपालिकाको मुख्य सडक राजापुरको मङ्गलपुरदेखि गेरुवा–इन्टेक जोड्ने सडकमा खाल्टाखुल्टी हुँदा आवतजावत गर्न समस्या परेको छ । २०८० असोजसम्म सडक कालोपत्रे गर्ने गरी ठेक्का भए पनि निर्माण कम्पनीले काम नगर्दा स्थानीयले सास्ती पाएका छन् ।
घर सिँगार्ने माटोको जोहोमै बित्छ दिन
गाउँमा चाडबाडसँगै बर्खेबाली लगाउन सबै व्यस्त देखिन्छन् । धानबालीदेखि कोदो रोप्न स्थानीय खेतबारीमा जम्मा हुँदा चहलपहल बढेको छ । विशेष गरी असारमा जिल्लाका किसानलाई चटारो हुने गरेको कुनै नौलो कुरा होइन ।
श्रम बिना प्रगति सम्भव छैनः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बिना प्रगति सम्भव नभएको तथा श्रमिकको सम्मान बिना समृद्धि नहुने बताउनुभएको छ ।
स्थानीय तहको पुँजीगत खर्च सत्तरी प्रतिशत
सल्यानका नौ स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ मा ७० प्रतिशतभन्दा बढी पुँजीगत खर्च गरेका छन् । विगतमा पुँजीगत खर्च अर्थात् विकास खर्च कम हुने गरेको भनेर आलोचना खेप्दै आएका जिल्लाका स्थानीय तहले चालु आव २०८१/८२ मा भने सुधार गरेका छन् ।
सेवामा विभेद भएको स्वास्थ्यकर्मीको गुनासो
सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आफूहरू सङ्घीय संरचना अनुसार समायोजनमा परे पनि सेवा, सुविधा र सरुवामा विभेद भएको गुनासो गरेका छन् ।
नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजस्व सङ्कलन
नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ तुलनामा आर्थिक वर्ष २०८१/०८२ झण्डै दोब्बरले राजस्व सङ्कलन गरेको हो ।
दुई हजारभन्दा बढी मुक्त कमैया पुर्नस्थापनाको पर्खाइमा
कमैया मुक्तिको दुई दशक नाघे पनि नेपालमा अझै दुई हजारभन्दा बढी मुक्त कमैया पुनस्र्थापनाको पर्खाइमा छन् ।
नारायण नगरपालिकामा कार्यरत करारका कर्मचारीको म्याद नथपिने
दैलेखको नारायण पालिकाले करारका कर्मचारी हटाउन लागेको छ । नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागू हुने गरी नारायण नगरपालिकाले करारका कर्मचारी हटाउन लागेको हो ।