शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख १२ गते । काठमाडौँको तिनकुने गैरिगाउँस्थित बागमती किनारामा रहेका सुकुम्बासीले आज (शनिबार) आफ्नो सरसामान सार्न थालेको छ ।
शनिबार झिसमिसेमै वर्षौदेखि बसोबार गर्दै आएका घरटहराबाट सुकुम्बासीहरु आफैँ बस्ती खाली गरिरहेका छन् । उनीहरुले आफ्नो सामान निकालेर हिँडेका छन् ।
सरकारले उपत्यकाको नदी किनारका अव्यवस्थित र अतिक्रमित बस्तीहरूलाई शनिबार र आइतबार दुई दिन लागएर हटाउने तयारी गरेको हो ।



