चिया अभियानबाट बिरामीलाई सहयोग
यहाँका युवाले एक कप चिया अभियान सञ्चालन गरी बिरामीलाई सहयोग गरेका छन् । जाजरकोट सदरमुकाम खलङ्गाका युवाले एक कप चिया अभियान सञ्चालन गरी उठेको रकम भेरी नगरपालिका–४ का महेन्द्रकुमार भडेलको उपचारमा सहयोग गरेका हुन् । मानवसेवा, लागुऔषध दुव्र्यसनी, सरसफाइको अभियन्ता बनेका युवाले सकारात्मक सन्देश प्रवाह गरी समाज रूपान्तरण गर्न एक कप चिया अभियान सञ्चालन गरेका हुन् ।
करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
झोलुङ्गे पुलले तुइन विस्थापित
खार्पुनाथ गाउँपालिका–१ र २ लाई जोड्नका लागि लालीबगरको लिगेमा कर्णाली नदीमाथि नयाँ झोलुङ्गे पुल निर्माण गरिएको छ । नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएसँगै सो स्थान रहेको तुइन विस्थापित भएको छ ।
नक्कली नोट बनाउने गिरोह पक्राउ
सुर्खेत प्रहरीले नक्कली नेपाली नोट बनाई बजारमा फैलाउने गिरोहलाई पक्राउ गर्न सफल भएको छ । नक्कली १३ लाख नेपाली रुपियाँ र ३० केजी अफिमसहित पाँच जनाको गिरोहलाई प्रहरीले गत सोमबार पक्राउ गरेको हो ।
भाडाकै घरमा नेपालगन्ज यातायात कार्यालय
नेपालगन्ज उपमहानगरपालिकाको ढिलासुस्तीका कारण नेपालगन्ज यातायात कार्यालयले भाडाकै घरबाट सेवा दिइरहेको छ । नागरिक स्तरबाट यातायाता कार्यालय अपायक पर्ने ठाउँमा सारिएको भन्दै विरोध हुँदै आएको छ । तर नेपालगन्ज उपमहानगरपालिकाले भने यसलाई गम्भीरता साथ नलिएको देखिएको छ ।
प्रदेश मामिला समिति सक्रिय
कर्णाली प्रदेश सभाको प्रदेश मामिला समितिले सक्रियता बढाएको छ । समितिमा आएका विधेयकमाथि छलफल गर्नेदेखि आफ्नो कार्यक्षेत्रभित्र पर्ने प्रदेश सरकारका कामको अनुगमन गर्नेसम्मका काममा समिति सक्रिय भएको हो । २०८० जेठ १४ गते समितिको पहिलो बैठक बसेको थियो । त्यसयता २०८२ असार २३ गतेसम्म समितिका ९६ वटा बैठक सम्पन्न भएका छन् । यी बैठकहरूमार्फत महत्वपूर्ण काम भएको समितिले जनाएको छ । समितिको मुख्य काम प्रदेश सभाबाट आएका विभिन्न विधेयकमाथि छलफल गरेर त्यसलाई पूर्णता दिनु हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
मुगुबाट २६ किलो यार्सागुम्बा निकासी, आठ लाख राजस्व सङ्कलन
मुगुको माथिल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट २६ किलो दुई सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।
स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट हटाएपछि विरोध
डडेलधुरा अस्पताललाई स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट हटाएपछि यहाँ विरोध सुरु भएको छ । हजारौँ बिमितलाई स्वास्थ्य बिमा कार्यक्रमबाट वञ्चित हुने गरी प्रथम विन्दुबाट हटाइएको विरोधमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति नै जारी गरी प्रमुख जिल्ला अधिकारीमार्फत स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
एकै वर्षमै भत्कियो कोतघर
ऐतिहासिक अमरगढी किल्लामा निर्माण गरिएको कोतघर एकै वर्षमा भत्किएपछि हाल नयाँ कोतघर निर्माण थालिएको छ । डडेलधुरा सदरमुकामको सबैभन्दा अग्लो स्थान अमरगढी नगरपालिका–५ मा अवस्थित अमरगढी किल्लामा चार वर्षपहिले २०७७ मा २० लाख रुपियाँ लागतमा निर्माण गरिएको कोतघर एक वर्ष नपुग्दै छत भत्किने अवस्थामा पुगेको थियो । ढुङ्गाले चिनाई गरेर पत्थरले छानो छाइएको कोतघरको छानोको धुरीखाँबो लच्किएपछि भत्किने अवस्थामा पुगेको थियो ।
मुस्ताङको थासाङमा सुविधासम्पन्न प्रशासकीय भवन बन्ने
तल्लो मुस्ताङको थासाङ गाउँपालिकामा भूकम्प प्रतिरोधात्मक ३० कोठको तीन तले नयाँ सुविधासम्पन्न प्रशासकीय भवन बन्ने भएको छ ।
जुम्लीखोलामा पुल बनेपछि जैमिनीको यात्रा सहज
गत वर्ष असारमा परेको वर्षातले जैमिनी जोड्ने सबै सडक अबरुद्ध भए । सबै सडकमा पहिरोको सास्ती थियो । मालढुङ्गा कुश्मीसेरा सडक खण्डको जुम्ली खोलाले भने ढुङ्गामुढा ल्याएर थुपारेपछि यातायात चल्न सकेन ।
महानगर यातायातद्वारा एक दर्जन विद्युतीय बस सञ्चालन
महानगर यातायात प्रालिले काठमाडौ उपत्यकामा १२ वटा विद्युतीय ठुला बस सञ्चालनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विद्युतीय बस सेवा सुरु गर्नु भयो ।
रेसुङ्गामा एक महिने साउने मेला सुरु
गुल्मीको प्रसिद्ध धार्मिक स्थल रेसुङ्गामा एक महिने साउने मेला सुरु भएको छ । विगतका वर्षहरुमा जस्तै अहिले पनि साउने मेला सुरु भएको हो ।
घट्दो क्रममा एचआइभी सङ्क्रमण
कञ्चनपुरमा एचआइभी सङ्क्रमण दर घट्दो क्रममा रहेको छ ।
दसगजामा संयुक्त गस्ती
नेपाल–भारत सिमानाको सुनसरी दसगजामा सशस्त्र प्रहरी बल र भारतीय एसएसबीको संयुक्त गस्ती सुरु गरिएको छ । सीमानाकामा हुने अवैध ओसारपसार तथा मानव बेचबिखन, अवैध चोरीपैठारी र खुला सिमानाका कारण हुने अपराध नियन्त्रणमा सहयोग पुग्ने अपेक्षासहित संयुक्त गस्ती सुरु गरिएको हो ।
कार्यालय भवनका लागि नेपालि कांग्रेस रौतहटद्वारा जग्गा खरिद
पाली कांग्रेस रौतहटले सदरमुकाम गौरमा जग्गा खरिद गरेको छ । कार्यालय भवन निर्माण गर्ने उद्देश्यले गौर नगरपालिका –३ मा ५ कठा ९ धुर जग्गा खरिद गरेको नेपाली कांग्रेस रौतहटका सचिव मिथिलेश कुमार मिश्रले जानकारी दिनुभयो ।
बिपी राजमार्गमा सडकपेटी निर्माण
बिपी राजमार्गमा सवारी चाप बढेसँगै पैदलयात्रीका लागि सडकपेटी निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीले कमलामाई नगरपालिकाको माझीटार, मल्लागाउँ, भिमान र गोलन्जोर गाउँपालिकाको खनियाँ
महिना नपुग्दै भत्कियो तटबन्ध
कटानबाट खेत जोगाउनका लागि बनाइएको तटबन्ध खेतबाटै झरेको पानीले भत्किएको छ । कैलालीको कैलारी गाउँपालिका–७ स्थित बर्का वसन्ता र छटकपुर वसन्ताको बिचमा कटैनी नदीमा तटबन्ध बनाइएको थियो ।
देवघाटमा साउने मेला, भक्तजनको भीड
देवघाटधाममा आजदेखि साउने मेला सुरु भएको छ । मेला भर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ । आजैदेखि बोलबम मेला पनि प्रारम्भ भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण
आर्थिक वर्ष २०८१र०८२ मा दुई हजार ५६७ मिटर पैदलमार्ग निर्माण गरिएको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो ।
सात करोड लागतमा पालिका भवन निर्माण हुँदै
जिल्लाको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु सात करोड ५० लाख ४४ हजार १३७ को लागतमा निर्माणाधीन भवनको काम अन्तिम चरणमा पुगेको छ ।
बाउन्न हेक्टरमा सिँचाइ सुविधा विस्तार
यहाँस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरेका आयोजनामार्फत ५२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।