ओमानमाथि नेपाल ‘ए’ को सानदार जित, शृङ्खला बराबरीमा टुङ्गियो
नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ । ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले शुक्रबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै दुई खेलको शृङ्खला १–१ को बराबरीमा गरेको हो ।
दार्मा गाउँपालिकामा बाघको आतङ्क : पाँच बाख्रा खाएपछि स्थानीय त्रसित
दार्मा गाउँपालिका–४ अन्तर्गत पर्ने रातीखोलाको बस्ती क्षेत्रमा जङ्गली बाघ देखिएपछि स्थानीयवासी त्रसित बनेका छन्।
जापानद्वारा सुरक्षा कारणले विदेशी अधिग्रहण रोक्ने तयारी
राष्ट्रिय सुरक्षा सम्बन्धी जोखिमलाई आधार बनाउँदै जापान सरकारले एक प्रमुख औद्योगिक मेसिन निर्माता कम्पनीको विदेशी अधिग्रहण प्रयास रोक्ने तयारी गरेको छ ।
भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन
गत वर्ष विश्वव्यापी रूपमा खाद्यान्न सङ्कटको सामना गरिरहेका दुई तिहाई मानिस मुख्य गरी १० वटा देशका रहेको राष्ट्रसङ्को प्रतिवेलनले जनाएको छ । प्रतिवेदन अनुसार तीनीहरु मध्ये एक तिहाइ सुडान, नाइजेरिया र कङ्गोका रहेका छन् ।
ठाकुरबाबामा १५ शैयाको नगर अस्पताल सञ्चालन
बर्दियाको ठाकुरबाबा नगरपालिकामा १५ शैयाको नगर अस्पताल सञ्चालनमा आएको छ ।
नेपाल भानुआतुसँग पराजित
आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपाल भानुआतुसँग पराजित भएको छ ।
जानकी नवमीको अवसरमा दुग्धमतिमा स्नान गरिने
जानकी मन्दिरले जानकी नवमीको अवसरमा दुग्धमति शाही स्नान यात्रालाई यस वर्ष पनि निरन्तरता दिने भएको छ ।
इराकी समूह नेतामाथि एक करोड डलर इनाम
इराकमा सक्रिय एक सशस्त्र समूहका नेताको खोजीलाई तीव्र बनाउँदै अमेरिकी विदेश मन्त्रालयले ती नेताको बारेमा विश्वसनीय सूचना दिने व्यक्तिलाई एक करोड अमेरिकी डलरसम्मको पुरस्कार दिने घोषणा गरेको छ ।
रणभीम गणबाट ९४ जना सैन्य दीक्षित, ढकेन्द्रराज सर्वोत्कृष्ट
खोटाङस्थित रणभीम गणबाट ९४ जना सैन्य दीक्षित भएका छन् । नौ महिना लामो ‘सैन्य आधारभूत तालिम’ सफलतापूर्वक पुरा गरेसँगै उनीहरू शुक्रबार दीक्षित भएका हुन् ।
रामग्राम नगरपालिकामा मापदण्ड विपरीतका संरचना हटाउन सुरु
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रामग्राम नगरपालिकाले सडक मापदण्ड विपरीतका संरचना हटाउन सुरु गरेको छ ।
सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष परियार पक्राउ
प्रहरीले सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियारलाई आज पक्राउ गरेको छ ।
पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइनमार्फत पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनाराका सार्वजनिक, सरकारी तथा पर्ति जग्गाहरूमा अवैध रूपमा बनाइएका घरटहराहरू आज साँझ ७ः०० बजेसम्ममा खाली गर्न आग्रह गरेको छ ।
सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सरकारले सुरु गर्न लागेको सुकुम्वासीरभूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल प्रहरीले नदी किनार तथा सार्वजनिकस्थलमा बसोबास गरिरहेका नागरिकलाई आग्रह गरेको छ ।
एमाले प्रमुख सचेतकमा महर मनोनीत
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनीत गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा मगरले उहाँलाई सो पदमा मनोनीत गर्नुभएको हो ।
भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य
आइसिसी महिला टि–२० च्यालेन्ज ट्रफीमा भानुआतुले नेपाललाई ९८ रनको लक्ष्य दिएको छ ।
एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
नेपाल मेडिकल काउन्सिलले एकै पटक १७ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ ।
देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन, आशा र विश्वासले भरिएको दृष्टिकोण आवश्यक रहेको बताउनुभएको छ ।
कृषि क्षेत्रको सुधार र किसानको अधिकारमा सांसदको जोड
राष्ट्रिय सभाका सांसदहरूले कृषि क्षेत्रको आधुनिकीकरण, मल कारखानाको स्थापना र अनुदानको दुरुपयोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने
धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्किङ गरेर सञ्चालन हुँदै आएका बस आजदेखि नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका हुन् ।
डेनमार्कमा दुई रेल ठोक्किँदा १८ जना घाइते
डेनमार्कमा बिहीवार दुई वटा स्थानीय रेल एक आपसमा ठोक्किँदा ठूलो क्षति भएको छ ।
भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरानको यात्रा नगर्न आग्रह
इरानस्थित भारतीय दूतावासले बढ्दो क्षेत्रीय तनावको बिचमा भारतीय नागरिकलाई इरानको यात्रा नगर्न आग्रह गर्दै नयाँ सुचना जारी गरेको छ । सामाजिक सञ्जाल एक्समा दूतावासले भारतीयले कुनै पनि अवस्थामा इरानको यात्रा नगर्न आग्रह गर्दै इरानमा रहेका नागरिकलाई आवाश्यक समन्वय गरेर स्वदेश फर्कन सल्लाह दिएको छ ।
विराटनगरको सौन्दर्य फर्काउन सडकपेटी व्यवस्थापनमा जुट्यो महानगर
विराटनगर महानगरपालिकाले नगरको सौन्दर्य अभिवृद्धि गर्न र सर्वसाधारणको आवागमनलाई सहज तुल्याउन फुटपाथ व्यवस्थापन अभियान सुरु गरेको छ ।
पूर्वाधार निर्माणका कानुनी जटिलता फुकाउन कार्यदलको सक्रियता
विकास निर्माणका आयोजना अदालतमा दायर मुद्दाका कारण समयमै सम्पन्न हुन नसक्दा राष्ट्रलाई पर्न गएको व्ययभार कम गर्न सरकारले नीतिगत सुधारको प्रक्रिया अघि बढाएको छ ।