• ११ वैशाख २०८३, शुक्रबार

भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन

blog

रोम, वैशाख ११ गते । गत वर्ष विश्वव्यापी रूपमा खाद्यान्न सङ्कटको सामना गरिरहेका दुई तिहाई मानिस मुख्य गरी १० वटा देशका रहेको  राष्ट्रसङ्को प्रतिवेलनले जनाएको छ । प्रतिवेदन अनुसार तीनीहरु मध्ये एक तिहाइ सुडान, नाइजेरिया र कङ्गोका रहेका छन् ।

संयुक्त राष्ट्र सङ्घ युरोपेली सङ्घ र मानवीय निकायको तथ्याङ्कमा आधारित खाद्य सङ्कटसम्बन्धी ग्लोबल रिपोर्टअनुसार द्वन्द्व तीव्र खाद्य असुरक्षाको मुख्य कारण रहेको बताइएको छ । द्वन्द्व र जलवायु परिवर्तनले  प्रभावित देशको आगामी अवस्था निर्धारण गर्ने सम्भावना रहेको रिपोर्टले जनाएको छ ।

अफगानिस्तान, बङ्गलादेश, कङ्गो, म्यानमा, नाइजेरिया, पाकिस्तान, दक्षिण सुडान, सुडान, सिरिया र यमन गरी १० वटा देशमा तीव्र खाद्य असुरक्षा रहेको प्रतिवेदनमा उल्लेख छ । रिपोर्टमा खाद्य असुरक्षा दुई अलग–अलग सन्दर्भमा पुष्टि भएको छ भने गाजा र सुडानका केही भागमा एकै वर्षमा तिव्र खाद्य असुरक्षा देखा परेको जनाइएको छ ।

विश्वव्यापीरुपमा ४७ देशका करिब २६ करोड ६० लाख मानिसले गत वर्ष उच्च स्तरको खाद्य असुरक्षाको अनुभव गरेको जनाइएको छ । जसले अन्तर्राष्ट्रिय सहायतामा तीव्र गिरावटको पनि चेतावनी दिएको छ भने मध्य पूर्व युद्धका कारण विस्थापितको सङ्ख्या बढेर विद्यमान सङ्कट अझै बढने जोखिम रहेको बताएको छ । प्रमुख तेल आपूर्ति मार्ग, स्ट्रेट अफ होर्मुजको अवरोधले मूल्य वृद्धि हुदै जाँदा अझै आद्य असुरक्षा बढ्ने सम्भावना रहेको प्रतिवेदनले औल्याएको छ ।  

हाल खेतिवाली गर्ने समयमा मल अभाव र मुल्य वृद्धिले सङ्कट अझै बढ्ने सम्भावना रहेको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय कृषि विकास कोष (आइएफएडी)का प्रमुख अल्वारो लारियोलेलाई उदृत गर्दै एएफपीले जनाएको छ । उहाँले साना किसानलाई थप सहयोगका लागि आह्वान गर्दै पानी र जलवायु अनुसारका बालीमा लगानी गर्न आवाह्नन गर्नु भएको छ ।

स्थानीयरूपमा मल उत्पादन गर्ने किसानहरूले माटोको स्वास्थ्य सुधार गरेर सङ्कट कम गर्न सक्ने उहाँले बताउनु भएको छ । मल उत्पादनका लागि स्थानीय निजी क्षेत्रका लागि उपकरण तथा अवसर सिर्जना गरी दिगोपन र कायम गर्न सकिने लारियोले बताउनु भएको छ । रासस/एएफपी