अनुमति नलिई सञ्चालित मनकामना अस्पताल बन्द गर्न निर्देशन
झापाको मेचीनगर नगरपालिकाले मापदण्ड विपरीत सञ्चालित एक निजी अस्पताल बन्द गर्न निर्देशन दिएको छ । चारआलीस्थित मनकामना अस्पताल बन्द गर्न निर्देशन दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत यथाशीघ्र पठाउन माग
कालीकोट जिल्लाको सदरमुकाम जोडिएको खाँडाचक्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत यथाशिघ्र पठाउन सर्वत्र आवाज उठेको छ ।
गण्डकी प्रदेशसभा बैठक बस्दै
गण्डकी प्रदेशसभा बैठक आज बस्दैछ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा दिनको १ बजे बैठक बस्ने प्रदेशसभा सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो ।
मधेश प्रदेशमा भएको ‘अ–राजनीति’ दुःखद : कांग्रेस महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा भएको ‘अ–राजनीति’ दुःखद भएका बताउनु भएको छ ।
कोल्टीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाले सोमबारबाट कोल्टी आधारभूत अस्पतालमा तीन दिने निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गरेको छ ।
सहिद लखन गाउँपालिकामा सोमबार सार्वजनिक बिदा
गोरखाको सहिद लखन गाउँपालिकाले सोमबार सार्वजानिक बिदा दिएको छ । गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने नेपालकै प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा गुठी पञ्चमीको अवसरमा विशेष पूजा तथा मेला लाग्ने भएकाले आज बिदा दिने निर्णय गरिएको हो ।
हाम्रो पात्रोद्वारा ‘घरमै फ्लु खोप सेवा’ शुभारम्भ
नेपालको अग्रणी डिजिटल सेवा प्रदायक हाम्रो पात्रोले सोमबारदेखि घरमै फ्लु (इन्फ्लुएन्जा) खोप सेवा औपचारिक रूपमा सुरु गरेको छ ।
कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डले आइतबार साँझ पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
चन्द्रमाको आकार किन फेरिरहन्छ ?
असोज र कात्तिक शरद ऋतु हुन् । शरद ऋतु भन्ना साथ रातमा टह टह जून लागेको अर्थात् जुनेली रातको याद आउँछ । शरद ऋतुमा आकाश सफा हुने भएकोले आकाशीय पिण्ड राम्ररी देख्न सकिन्छ । त्यसैले यो स
बाल सुधारगृहका साठी जनालाई कारागारमा सारिँदै
बाल सुधारगृह विराटनगरबाट पटक पटक भाग्ने तथा उत्छृङ्खल गतिविधिमा नियन्त्रण नभएका ६० जना बाल बिज्याइँकर्तालाई अन्यत्र सार्ने तयारी गरिएको छ । त्यसरी अन्यत्र सार्ने तयारी गरिएकामा २० वर्षभन्दा माथिको उमेर समूहका छन् ।
होटलमा बनेको सरकार स्वीकार्य छैन : जसपा सचिव साह
जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले मधेश प्रदेशको अस्मिता र संविधानमाथि प्रहार भएको भन्दै कडा आपत्ति जनाउनुभएको छ ।
उच्च ठाउँमा भिडियो छायाङ्कन
गिनिज बुक अफ वल्र्ड रेकर्डले अनौठो काम गर्नेलाई विश्व कीर्तिमानको प्रमाणपत्र दिन्छ । त्यसका लागि ठुलो मेहनत गर्नु पर्छ । आफ्नो रुचि र इच्छा अनुसार नेपालबाट यस्ता सयौँ कीर्तिमान बनेका छन् । सोलु
हाइना नेपाल भित्रिने आशङ्का
मोरङको रङ्गेली नगरपालिकासँग सीमा जोडिएको भारतीय भूमिमा केही दिनयता देखिँदै आएको हाइना (हुँडार) नेपालतर्फ प्रवेश गरेको आशङ्का गरिएको छ । मोरङको रङ्गेली नगरपालिका–५, आँपगाछी तथा धनपति क्षेत्रमा शनिबार साँझ स्थानीयले हाइना देखेको भने पनि सरकारी संयन्त्रले त्यसको पुष्टि गर्न सकेको छैन ।
लाभकारी निम
भाइबहिनीहरू, हाम्रो वरिपरि गुलियो, अमिलो, टर्रो, तितो विभिन्न जातका बोटबिरुवा पाइन्छन् । नेपालको भूगोल अनुसार पाइने त्यस्ता बोटबिरुवामा औषधीय गुण भरिपूर्ण हुन्छ । यस्तै बहुगुणी वनस्पति हो– निम ।
कोरला नाका सरकारको प्राथमिकतामा : गृहसचिव दङ्गाल
मुस्ताङको लोमान्थाङ गाउँपालिकामा–१,छोसेरस्थित नेचुङमा अध्यागमन(इमिग्रेसन) कार्यालयबाट सेवा प्रवाह सुरू गरेपछि गृह सचिव रामेश्वर दङ्गाल सहितको टोलीले उपल्लो मुस्ताङको निरीक्षण गर्नुभएको छ ।
बिदा सदुपयोग गर्ने तरिका
दसैँतिहारमा लामो बिदा हुन्छ । चाडपर्वको रमाइलोसँगै बिदाको सदुपयोग पनि गर्नु पर्छ । बिदामा खेल्ने काम मात्र गर्नु हुँदैन । बिदा भन्नेबित्तिकै पढ्नै पर्दैन भन्ने बुझाइ गलत हो । दैनिक विद्यालय जानु नपरे पनि शिक्षकले दिनुभएको गृहकार्य गर्नै पर्छ । बिदा हुनेबित्तिकै मोबाइल, कम्प्युटर, ल्यापटप र टिभी जस्ता विद्युतीय सामग्रीमा समय बिताउने गरेको पाइन्छ । यस्ता विद्युतीय उपकरणको धेरै प्रयोग गर्नु हुँदैन । बिदाको सदुपयोग यसरी गर्न सकिन्छः
न्यालम भन्सारले जाँचपासमा ढिलाइ गर्दा छ सय कन्टेनर चीनतर्फै अड्किए
चीनको स्वाशासित क्षेत्र तिब्बतको न्यालम भन्सारले तातोपानी नाका आउन लागेका मालबस्तु बोकेका कन्टेनरहरु जाँचपास गर्न ढिलाइ गरेका कारण अझै सोही क्षेत्रमा ६ सयभन्दा बढि कन्टेनर उतै रोकिएका छन् ।
विपत्पीडित खानेपानीको समस्यामा
गत असोज १८ गते राति गएको पहिरोका कारण इलामका धेरै खानेपानीका मुहान र आयोजनामा क्षति पुुगेपछि विपत्मा पीडित परिवार अहिले खानेपानीको समस्यामा परेका छन् ।
सञ्चालन मोडालिटी नबन्दा आयोजना अलपत्र
बागमती प्रदेश सरकारले खास उद्देश्यले निर्माण गरेका केही आयोजना सञ्चालन हुन नसक्दा ठुलो लगानी जोखिममा परेको छ । ठोस योजना र कार्यविधिबिना आयोजनामा ल
किशोरावस्थामा गर्भपतन गराउने बढे
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको वार्षिक कार्यक्रमको समीक्षा तथा चालु आर्थिक वर्षको खर्च सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । विशेष गरी स्वास्थ्य कार्यालयले खोपको सुरक्षा, वितरण र भण्डारण, सुरक्षित मातृत्व, एम्बुलेन्स सेवा, सबै पालिकाको स्वास्थ्य शाखा, अस्पताल र स्वास्थ्य चौकीका प्रमुखसहित सबैलाई तालिम दिने काम गर्छ । त्यसबाहेक मातृशिशु स्वास्थ्य, गर्भपतन सेवा, औषधीको उपलब्धतालगायतको अनुगमन पनि गर्ने गरेको छ ।
सहकारीको रकम हिनामिना गर्ने थुनामा
सहकारी ठगीको आरोप लागेका विष्णुबहादुर बमरेललाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । पाल्पाको रम्भा अन्तर्गत हुमिनको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको झन्डै तीन करोड रुपियाँ हिनामिना गरेको आरोप लागेका बमरेललाई जिल्ला अदालत पाल्पाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
बक्यौता नतिर्ने ग्राहकबाट एक करोड ३४ लाख असुली प्रक्रिया सुरु
वितरण केन्द्रले लामो समयदेखि विद्युत महसुल नतिरेका १८२ जना ग्राहकको लाइन काट्दै एक करोड ३४ लाख ६२ हजार ४२० रुपियाँ बक्यौता असुली गर्ने प्रक्रिया अघि बढाइएको वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताउनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
मतदाता नामावली दर्ता गर्न युवापुस्ता उत्साहित
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रुपन्देही र बाँकेमा मतदाता नाम दर्ता गराउनेको भिड तीव्र रूपमा बढिरहेको छ । जिल्लास्थित निर्वाचन कार्यालयहरूमा दैनिक जसो नयाँ मतदाता बन्नका लागि लाइन लाग्ने गरेका छन् । जसमा अधिकांश नयाँ पुस्ताका युवा रहेका छन् ।