प्रदेश सभा सञ्चालनका लागि मर्मत गरिँदै भवन
जेनजी आन्दोलनमा क्षति भएको सुदूरपश्चिम प्रदेश सभाको मर्मत गरिँदै छ । कानुनी अडचनका कारण तत्काल धेरै बजेट खर्च गर्न नमिलेकाले सभाको बैठक सकेसम्म चाँडै सञ्चालन होस् भनेर काम चलाउका लागि मर्मत गर्न थालिएको हो ।
भन्सारमा बुझाइयो दुई लाखभन्दा बढिको सामान
सप्तरी प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याउदै गरेको सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ ।
किबी र च्याउमा भविष्य खोज्दै यमबहादुर
गुल्मीको मुसिकोट नगरपालिकामा अत्यधिक बसाइँसराइ छ । जिल्लाका १२ स्थानीय तहमध्ये सबैभन्दा बढि परदेश जानेहरु पनि मुसिकोटमै छन् ।
हिउँदभरि सुनसान हुन्छ बुकीपाटन
वर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान भएको छ । सयौँ गोठाला र हजारौँ वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो ।
मनास्लु आरोहणको वैकल्पिक मार्ग खोजी
मनास्लु आरोहणका लागि सहज बाटो पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको समन्वय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रायोजनमा पदमार्ग सर्वेक्षण सुरु गरिएको छ ।
आज विश्व निमोनिया दिवसः रोकथाम र सशक्त स्वास्थ्य प्रणालीमा जोड
निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै आज विश्वका विभिन्न मुलुकमा ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ ।
‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम
सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत पहिलो चरण (सुर्खेत उपत्यकास्थित प्रहरी युनिटहरू)का आज र हिजो उक्त कार्यक्रम सञ्चालन भएको हो ।
तरकारीको बेर्ना बेचेरै लाखौँ आम्दानी
लहान वडा नम्बर १९ का किसुनदेव महतो तरकारीको बेर्ना बेचेरै लाखौँ आम्दानी गर्न सफल हुनुभएको छ । जतिबेला पनि तरकारीको बेर्ना उत्पादनमै लागि रहने महतो विदेशभन्दा बढि कमाइ भइरहेकोमा हर्षित देखिनुभएको छ ।
ब्राजिल कोपमा नेपाल
जलवायु परिवर्तनले विश्वलाई प्रतिकूल प्रभाव पारिरहेको छ । औद्योगिक क्रान्तियता विश्वभर जैविक इन्धनको व्यापक प्रयोगले कतिपय मुलुकले विकासको चरम सीमा हासिल गरे । प्राकृतिक स्रोतसाधनको अति दोहनबाट
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
नाम, जन्ममिति र विवाह दर्तालगायतका व्यक्तिगत घटना विवरण सच्याउने बाटो खुल्यो
सरकारले व्यक्तिगत घटना दर्ता नियमावली २०७७ संशोधन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रशासकीय सङ्घीयताको गाँठो
अचेल निजामती प्रशासन निकै आलोचित छ । कतिपय आलोचना निजामती कर्मचारीको व्यवहारबाट भएको छ तर यसको कारण निजामती कर्मचारी मात्र नभएर उनीहरूको राजनीतिक कार्यकारी पनि हुन् ।
उपल्लो मुस्ताङको घमीमा सेटलाईट फार्म स्थापना
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं २ घमीमा शीतोष्ण बागवानी विकास केन्द्रको सेटलाईट फार्म स्थापना गरिएको छ ।
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती
बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास एवम् उचित व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैकले गरेको अध्ययनमा देखिएको छ ।
निर्वाचनप्रति जनउत्साह
लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने मुख्य माध्यम नै निर्वाचन हो । निर्वाचन लोकतन्त्रको एक मात्र आधार हो । यही भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको उपलब्धिलाई साकार पार्न आगामी फागुन २१ गते आमनिर्वाचन हुँदै छ ।
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) द्वारा ‘सङ्गीतको सिर्जनात्मक सहर’ को रूपमा घोषित नेपालको सहर कुन हो ? ललितपुर महानगरपालिका
हर्मिचौर र अर्वेनीमा एक घर एक धाराको सपना अधुरै
गुल्मीमा करिब एक सय घरधुरी रहेको वस्तीका लागि एक घर एक धाराको सपना बसौँदेखि अधुरो बन्दै गएको छ ।
वैदेशिक रोजगारीको सामाजिक लागत : विषयगत प्रश्नोत्तर
वैदेशिक रोजगारीको सामाजिक लागत १. वैदेशिक रोजगारीको सामाजिक लागतबारे चर्चा गर्दै वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुँजी र सिपलाई उपयोग गरी मुलुकको आर्थिक समुन्नतिमा योगदान गर्न के गर्नुपर्ला ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।
कृषि एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु
जिल्लाकै पहाडी क्षेत्र समेटिएको इच्छाकामना गाउँपालिका वडा नम्बर २ हपनीस्थित भित्री सडक खण्डमा कृषि एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
‘ए’ डिभिजन लिग चैतमा गर्ने सहमति
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १२० दिनभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु गर्न सहमति जनाएको छ ।
सङ्गिनी नाचलाई पुनर्जीवित गर्ने अभियान
मोरङको पथरीशनिश्चरे–३ स्थित महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी समूहले हराउँदै गएको सांस्कृतिक धरोहर सङ्गिनी नाचलाई पुनर्जीवित गर्ने अभियान थालेको छ ।
देशभरको मौसम सफा रहने पूर्वानुमान
हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।
काठमाडौँमा गुन्जिँदै कन्दरा
साङ्गीतिक समूह कन्दराले ‘काठमाडौँ कलिङ कन्दरा’ नामक विशेष सङ्गीत कार्यक्रमको घोषणा गरेको छ । सो कार्यक्रम अन्तर्गत ब्यान्डले कात्तिक २८ गते ठमेलको एक्सओ क्लबमा प्रस्तुति दिने छ ।
भट्टराईलाई ‘व्यथित साहित्य सम्मान’
साहित्य सदन नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘व्यथित साहित्य सम्मान’ यस वर्ष वरिष्ठ साहित्यकार डाक्टर तुलसीप्रसाद भट्टराईलाई प्रदान गर्ने भएको छ ।