करोडौँ मूल्यका नगरबस प्रयोगविहीन
उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे बस तीन करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो । खरिद गरेको छ वर्षमै नगरबस प्रयोगविहीन अवस्थामा पुगेका छन् ।
निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता
निर्वाचन आयोगले आशन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ ।
गृहमन्त्री अर्यालसँग बेलायती राजदूत फेनको भेट : निर्वाचनमा बेलायतको सहयोग रहने
गृहमन्त्री ओमप्रकाश अर्यालसँग शुक्रबार बेलायती राजदूत रोब फेनले मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेसका २५ केन्द्रीय सदस्यद्वारा ध्यानाकर्षण
आगामी मङ्सिर महिनाभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाई लागू गर्न नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले पार्टी कार्यालय सानेपामा ध्यानाकर्षणपत्र दर्ता गराएका हुन ।
दक्षिण कोरियाको निर्यात मात्रा अक्टोबरमा घट्यो
दक्षिण कोरियामा अक्टोबरमा निर्यातमा गिरावट आएको छ । केन्द्रीय बैङ्कका तथ्याङ्कअनुसार, स्थानीयरूपमा बनाइएका रासायनिक उत्पादन र उपकरणको कमजोर माग यस घटावटको मुख्य कारण हो ।
स्वास्थ्य क्षेत्र सुधार्न मन्त्री डा.गौतमको दुईमहिने कार्ययोजना
काठमाडौँ, कात्तिक २८ गते ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले मन्त्रालयबाट हुने सेवा प्रवाहलाई चाँडो गराउनका लागि ‘तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्य योजना’ल्याउनुभएको छ । मन्त्री डा.गौतमले मन्त्रालयबाट तत्काल एकदेखि दुई महिनाभित्र सेवालाई चाँडो बनाउन योजना ल्याउनुभएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री डा .गौतमले जेनजी घाइतेको उपचार तथा मनोसामाजिक परामर्श सेवा, सहज, नवजात शिशु मृत्युदर र मातृ मृत्युदर लक्षित विशेष अभियान, सुशासन र सेवा प्रवाह, स्वास्थ्य बिमा सुधार, सार्वजनिक खरिद सुधारसम्बन्धी, वैदेशिक श्रम गन्तव्य मुलुकमा जाने श्रमिकको स्वास्थ्य सुधारलगायतका तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना ल्याउनुभएको हो । उक्त योजनाअनुसार दुई महिना सञ्चालन गरेर शिशु मृत्युदर र मातृ मृत्युदर उच्च भएका प्रदेश तथा स्थानीय तहमा मृत्युदर रोकथाम तथा न्यूनीकरणका लागि तीन तहका सरकारको समन्वय तथा सहकार्यमा विशेष कार्यक्रम सञ्चालन गर्ने रहेको छ । जेनजी घाइतेलाई सबै सङ्घीय अस्पतालबाट मनोसामाजिक परामर्श सेवा सञ्चालन गर्ने योजनामा उल्लेख गरिएको छ । मन्त्री डा.गौतमले दुई महिनाभित्रमा सङ्घीय अस्पताल एवम् स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवालाई नागरिक मैत्री बनाउँदै दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने योजना ल्याउनुभएको मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीले जानकारी दिनुभयो । यस्तै योजना अनुसार निर्माण भई हस्तान्तरण भएका पाँच, दश र १५ शय्याका आधारभूत अस्पताल सञ्चालनका लागि अनुदान उपलब्ध गराउन कार्यविधि स्वीकृत गर्ने उल्लेख छ । स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि तत्काल दु्रत माध्यमबाट स्वास्थ्य बिमा बोर्डको सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने, एक महिनाभित्र अस्पतालमा रहेका औजार उपकरणको नियमित मर्मतसम्भार गरी अविच्छिन्न सेवा प्रवाहको व्यवस्था मिलाउने योजनामा उल्लेख छ । यस्तै वैदेशिक श्रमका लागि गन्तव्य मुलुकमा जाने नेपाली नागरिकको स्वास्थ्य हेरचाहका लागि प्रस्थानविन्दु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कबाट श्रम स्वास्थ्य सुरक्षासम्बन्धी अभिमुखीकरण सञ्चालन गर्ने योजनामा उल्लेख गरिएको छ । रासस
दक्षिण कोरिया र अमेरिका सैन्य तयारी बढाउन संयुक्त अभ्यासमा
दक्षिण कोरियाली र अमेरिकी सेनाहरूले यस हप्ता पूर्वी सागरमा संयुक्त सैन्य अभ्यास गरेमा छन् ।
निर्माण सामग्रीको अभाव, खोला उत्खनन सम्बन्धी कानुनी समस्या
पूर्वपश्चिम राजमार्गको काकरभिट्टा–लौकही सडक खण्डको स्तरोन्नतिका लागि नदीजन्य पदार्थको अभाव भएको छ ।
सन्तोष परियारद्वारा रास्वपा परित्याग
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सचिवालय सदस्य तथा पूर्वसांसद सन्तोष परियारले पार्टी परित्याग गर्नुभएको छ।
चिनियाँ राष्ट्रपति र थाई राजाबिच घनिष्ठ सम्बन्धको प्रतिबद्धता
चिनियाँ राष्ट्रपति सी जिनपिङ र थाइल्यान्डका राजा महा भाजिरालोङकोर्नले शुक्रबार ऐतिहासिक भ्रमणका क्रममा आफ्नो देशबिच घनिष्ठ सम्बन्धको दृढ प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
एक हजारभन्दा बढी सामुदायिक कुकुरको बन्ध्याकरण
साझेदारसँगको सहकार्यमा काठमाडौँ महानगरपालिकाले गएको १० दिनमा एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ ।
मादी पुल निर्माण धमाधम : ७२ प्रतिशत भौतिक प्रगति
मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल कलात्मक आर्क डिजाइनको निर्माण गर्न लागिएको हो ।
वीरगञ्ज भन्सारमा छ वर्षदेखि १८५ मालवाहक कन्टेनर अलपत्र
वीरगञ्ज भन्सार कार्यालयमा छ वर्षदेखि १८५ भन्दा धेरै मालवाहक कन्टेनर अलपत्र अवस्थामा रहेका छन् ।
नेपाल प्रहरी जवानमा भर्ती हुन दरखास्त दिनेको भीड
जिल्ला प्रहरी परिसर, काठमाडौंमा नेपाल प्रहरी जनपद समहूतर्फ रिक्त रहेका प्रहरी जवान र प्रहरी कार्यलय सहयोगी पदमा दरखास्त दिनेको भीड बढेकाे छ ।
उपल्लो मुस्ताङको दामोदरकुण्ड (फोटो फिचर)
उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा ४ मा रहेको पवित्र तिर्थस्थल दामोकरकुण्डमा क्षेत्रमा हिउँले छपक्कै छोपेको छ।
'पीडितलाई न्याय दिएर सन्तुष्ट बनाउन सके न्यायलयप्रति विश्वास बढ्छ'
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले अहिले मुलुकमा असहज परिस्थिति भएकोले पीडितलाई न्याय दिएर सन्तुष्ट बनाउन सके सर्वसाधारणमा न्यायलय प्रतिको विश्वास बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
“रुसी आक्रमणमा चार जनाको मृत्यु, धेरै घाइते”
युक्रेनी अधिकारीहरूले जनाएअनुसार, राति किएभमाथि भएको रुसको आक्रमणमा चार जनाको मृत्यु भएको छ भने शहरका विभिन्न भागमा भवन र संरचना नष्ट भएका छन् ।
बिहार राज्य चुनावमा प्रधानमन्त्री मोदीको गठबन्धन अगाडि
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले बिहार राज्यको महत्वपूर्ण चुनावमा प्रारम्भिक नतिजामा उल्लेखनीय अग्रता लिनुभएको छ ।
बिष्ट हत्या प्रकरणका चार जनालाई जन्मकैदको फैसला
बैतडीको पाटन नगरपालिका–६ का चालक बिरभान बिष्टको हत्यामा संलग्न चार जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
बिहारको ‘फिनिक्स’ नितिश कुमारः विकास र समावेशी शासनले एनडिए पुनः सत्तातर्फ
सन् २०२५ को बिहार विधानसभा चुनाव मुख्यमन्त्री नितिश कुमारको दुई दशकभन्दा बढी लामो राजनीतिक यात्राका लागि महत्वपूर्ण लिटमस टेस्टका रूपमा प्रस्तुत भएको छ ।
जराङ खोला मोटरेबल पुल निर्माणमा ढिलाइ
गोरखा जिल्लाको बारपाक सुलीकोट गाउँपालिकामा निर्माणाधीन जराङ खोला मोटरेबल पुल लामो समयदेखि अलपत्र परेको छ ।
इन्डोनेसियामा पहिरो जाँदा दुई जनाको मृत्यु, २१ बेपत्ता
इन्डोनेसियामा पहिरो जाँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा २१ जना बेपत्ता भएको विपद व्यवस्थापनका अधिकारीले शुक्रबार बताएका छन् ।
भोजपुर–काठमाडौँ हवाई उडान थपिँदा बिरामीलाई सहज
नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौँ हवाई उडान थप गरेपछि जिल्ला अस्पतालबाट (प्रेषण) रिफर गरिएका बिरामीलाई बाह्य अस्पताल जान सहज भएको छ ।
किएभमा ‘ठूलो’ रूसी आक्रमण, एकको मृत्यु, दर्जनौँ घाइते
युक्रेनी राजधानी किएभ शुक्रबार बिहान ‘ठूलो’ आक्रमणको सिकार बनेको किएभका मेयरले जानकारी दिएका छन् ।