अफगानिस्तानमा बम विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु
पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा विगतको युद्धको समयमा जमिनमुनि राखिएको विस्पोटक उपकरण विस्फोट हुँदा तीन जना बालबालिकाको ज्यान गएको प्रान्तीय प्रहरी प्रवक्ता सेदिकुल्लाह सेडिकीले शुक्रबार बताउनु भएको छ ।
मर्यादित महिनावारी सङ्कल्प प्रस्ताव कार्यान्वयनमा ढिलाइ
ष्ट्रियसभाबाट पारित ‘मर्यादित महिनावारी’ सम्बन्धी सङ्कल्प प्रस्ताव कार्यान्वयन ढिलाइ भएको छ ।
चीनको औद्योगिक उत्पादन अक्टोबरमा ४.९ प्रतिशतले वृद्धि
चीनको आधिकारिक तथ्याङ्कअनुसार औद्योगिक उत्पादन अक्टोबरमा वार्षिक आधारमा ४.९ प्रतिशतले बढेको छ । यस वर्षको पहिलो १० महिनामा, चीनको औद्योगिक उत्पादन गत वर्षको उही अवधिसँग तुलना गर्दा ६.१ प्रतिशतले वृद्धि भएको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनाएको छ ।
‘जेनजी’ प्रदर्शनका घाइतेलाई चार प्रकारमा वर्गीकरण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न गठित प्राविधिक समितिले घाइतेलाई चार प्रकारमा विभाजन गरेको जानकारी दिनुभयो ।
धार्मिक पर्यटन प्रवर्धनका लागि हरिहरक्षेत्र-मिथिला चौरासी कोस परिक्रमा सुरु
नेपाल–भारतका साधुसन्त, धर्मगुरु र भक्तजनहरूको सहभागितासहित पहिलो पटक हरिहरक्षेत्र–मिथिला चौरासी कोस संकीर्तन परिक्रमा शनिबार (कात्तिक २९) देखि सुरु हुने भएको छ ।
दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी
भारतको राजधानीमा एक दशकभन्दा बढी समयपछिको सबैभन्दा घातक विस्फोट भएको केही दिनमै भारतीय प्रहरीले विवादित काश्मीरमा प्रतिबन्धित इस्लामवादी राजनीतिक पार्टीलाई लक्षित गर्दै व्यापक छापा मारेको छ ।
विदेशी लगानीकर्ताको सहजीकरणका लागि ‘फोकल युनिट’ स्थापना
अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता तथा अन्तरराष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई थप प्रभावकारी बनाउन ‘फोकल युनिट’ स्थापना गरेको छ ।
चन्द्रागिरिमा स्वास्थ्य स्वयंसेविकाको भत्ता र खाजा खर्च तीन हजार पाँच सय
चन्द्रागिरि नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको खाजा खर्च र भत्ता रु तीन हजार पाँच सय पुर्याएको छ ।
वन्यजन्तु र पशुचौपायाबाट खेती जोगाउन तारबार
उपल्लो मुस्ताङमा वन्यजन्तु तथा घरपालुवा जनवारहरूबाट हुने नोक्सानी रोक्न खेतीयोग्य जमिनमा तारबार गरिएको छ ।
सुनसरीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड
सुनसरीमा दुई महिनायता मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य उत्साहजनक रूपमा अगाडि बढेको छ ।
बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी
सुर्नया गाउँपालिकामा जेनजी समूहले गत असोज २४ गतेदेखि लगाएको तालाबन्दी ५ हप्तासम्म पनि नखुलेपछि स्थानीयहरुको जनजीवन अस्तव्यस्त बनेको छ।
एमाले बागलुङ जनप्रर्दशनसँगै प्रतिनिधि छनौटको तयारीमा
नेकपा एमाले जिल्ला कमिटी बागलुङले आसन्न महाधिवेसनको तयारीका लागि काम थालेको छ ।
‘मधुमेह भएका व्यक्तिका लागि नियमित आँखा परीक्षण अत्यावश्यक’
आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस । यो वर्षको ‘नारा कार्यस्थलमा मधुमेहः थप बुझौँ र रोकथाम गरौँ’ भन्ने रहेको छ । मधुमेह नसर्नेमध्ये प्रमुख रोगका रूपमा बढिरहेको छ ।
पहाडी जिल्लामा चामल गोदाममै थन्कियो
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तराईका जिल्लामा किसानबाट धान खरिद गरी पहाडी तथा हिमाली जिल्लामा पठाउँदै आएको छ ।
बागमती गाउँपालिकामा १०४ जनालाई लालपुर्जा वितरण
पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा १०४ जना सुकुम्वासी र भूमिहीन दलित परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गर्नुभएको छ ।
‘वन्यजन्तु समुदायको गहना हो’
वन र वन्यजन्तु समुदायको गहना भएकाले संरक्षणमा स्थानीय समुदायको सक्रिय सहकार्यविना सम्भव नहुने मुस्ताङका सरोकारवालाले बताएका छन् ।
भारतको पुणेमा दुर्घटना : आठकाे मृत्यु, १३ जना घाइते
भारतको पुणे सहरको बाहिरी इलाकास्थित नवले पुल नजिकै सडक दुर्घटना भएको छ । ब्रेक फेल भएको एक ट्रकले १३ वटा सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने करिब १३ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
मुस्ताङमा तीन पालिकाका हिउँचितुवा पीडितलाई राहत वितरण
राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमद्वारा यहाँका हिउँचितुवा पीडित २६ घरधुरीलाई वन्यजन्तु क्षति राहत हस्तान्तरण गरिएको छ ।
पार्टी दर्ताबारे कुनै भ्रममा नपर्न संयोजक दाहालको आग्रह
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी दर्ताबारे निर्वाचन आयोगमा पेस गरिएको सूचीबारे भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबैमा आग्रह गर्नुभएको छ ।
अन्तरिक्षमा भग्नावशेषले क्षतिग्रस्त यानपछि चिनियाँ अन्तरिक्ष यात्रीहरूको सुरक्षित फर्काइ
चीनका तीन अन्तरिक्ष यात्री आफ्नै देशको अन्तरिक्ष स्टेशनमा अस्थायी रूपमा फस्नुपरेपछि, प्रतिस्थापन चालक दल ल्याइएको नयाँ अन्तरिक्ष यान प्रयोग गरी शुक्रबार सुरक्षित रूपमा पृथ्वी फर्केका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा अनुदानमा गहुँको उन्नत बीउ वितरण
नेपालगञ्ज उप–महानगरपालिकाले अनुदानमा गहुँको उन्नत बीउ वितरण गरेको छ ।
कोरियाका राजदूतलाई नेपालीको अभिभावक बनेर काम गर्न सञ्चारमन्त्रीको आग्रह
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको अभिभाव बनेर काम गर्न अनुरोध गर्नुभएको छ ।
‘उद्यमीहरुकी गुरुआमा’ निर्मला
हँसिलो अनुहार, मिजासिलो व्यवहार र दर्बिलो आत्मविश्वास भएकी निर्मला चौहान भण्डारी ‘उद्यमीहरुकी गुरुआमा’ भनेर चिनिनुहुन्छ । मेचीनगर नगरपालिका–१२ निवासी उहाँले विगत एक दशकमा चार सयभन्दा बढी महिलालाई आफूले जानेको सीप र अनुभव सिकाएर उद्यमी बनाउनुभएको छ ।
बिच सडकमा जीर्ण अवस्थामा रहेको विद्युत् पोल
नवलपुरको देवचुली नगरपालिका वडा नम्बर २ दुम्कौली सडकको बिचमा रहेको जीर्ण विद्युत् पोल नफेर्दा स्थानीय त्रसित भएका छन् ।